इमिग्रेशन विशेष

अमेरिकी नागरिकताका लागि निशुल्क सहयोग

आगामी नोभेम्बर १३ सोमबार न्युयोर्कका अमेरिकी नागरिकताका लागि निशुल्क कानुनी सहयोग प्रदान गरिने भएको छ । न्युयोर्कको क्वीन्स लाइब्रेरी र मेयर अफिससँगको संयुक्त सहकार्यमा निशुल्क कानुनी सहायता कार्यक्रम संचालन गरिन लागेको हो । कार्यक्रम सोमबार दिउसो ४ बजे फ्लसिंगमा रहेको क्वीन्स लाइब्रेरीमा संचालन गरिने भएकाले उक्त लाइब्रेरीमा गएर यो सेवा लिन सकिने भएको छ । …

अमेरिकी दूतावासका कर्मचारी पक्राउपछि रोकिएको भिसाको काम सुचारु

टर्कीको सरकारकाले संवैधानिक नियम र टर्कीको सरकारलाई ध्वस्त पार्न प्रयास गरेको अभियोगमा इस्तानबुलमा रहेको अमेरिकी दूतावासका कर्मचारीलाई पक्राउ गरेपछि अबरुद्ध अमेरिकी भिसा प्रकृया झण्डै एकमहिनापछि सुचारु भएको छ । सत्ता हत्याउने गतबर्षको असफल प्रयासमा सहयोग गरेको भन्दै गत महिना टर्कीको सरकारले इस्तानबुलमा कार्यरत अमेरिकी दूतावासका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । त्यस लगत्तै अक्टोबर ८ देखि …

डिभी भर्नेको विवरण खुफिया डाटाबेसमा

अमेरिकाले हरेक बर्ष डिभी लोटरी खुलाएर विश्वभरबाट करोडौं व्यक्तिका विवरणहरु जम्मा पार्छ । गत बर्ष खुलाइएको डिभी लोटरीमा विश्वभरबाट २ करोड ३० लाखले आफ्ना तस्विरसहितका विवरणहरु डिभी लोटरीमार्फत अमेरिकालाई बुझाएका थिए । डिभी लोटरीमा यो बर्ष त्यो भन्दा धेरैका विवरणहरु विश्वभरबाट अमेरिकी सरकारसमक्ष पुग्ने अनुमान गरिएको छ । अमेरिकी भिसाका लागि आवेदन दिने र डिभी …

डिभीबाट अमेरिका आएका चारजनाको नागरिकता खोसिदै

अमेरिकी सरकारले डिभी लोटरीबाट अमेरिका आएका चारजनाको अमेरिकी नागरिकता खोसेर देशनिकाला गर्ने तयारी गरेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले सन् २००१ म डिभी लोटरीमार्फत अमेरिका आएर अमेरिकी नागरिकता लिइसकेका चारजनाको नागरिकता खोस्न सोमबारदेखि प्रकृया सुरु गरेको छ । अमेरिकाको मिनेसोटामा बस्दैमा आएका ४ जना सोमालियनहरुले डिभी लोटरीपछि भिसा आवेदनमा जालसाजी गरेको अमेरिकी सरकारले …

निकारागुवाको टीपीएस समाप्त, होण्डुरस अगाडि नेपालबारे निर्णय

अमेरिकी सरकारले अमेरिकाका निकागारागुवाका जनताहरुलाई प्रदान गरेको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको अवधि समाप्त गरेको छ । सोमबार मध्यरात अगाडिको डेडलाइन सकिनु अगाडि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी सेक्रेटरी एलेन ड्युकले यस्तो निकारागुवाको टीपीएस समाप्त भएको घोषणा गरेकी हुन् । उनीहरुलाई १४ महिनाभित्र अमेरिका छाड्ने अल्टिमेटम दिइएको छ । निकारागुवाका झण्डै २५ सय नागरिकहरुले झण्डै सन् …

ग्रिनकार्ड लिंदा झुठो विवरण दिने खानलाई ३० महिना जेल र देशनिकाला

अमेरिकी अध्यागमनलाई ढाँटेको लगायतका कैयन अभियोग लागेका पाकिस्तानी नागरिक हजरत खालिद खानलाई अमेरिकी अदालतले ३० महिनाको जेल र देशनिकालाको सजाय सुनाएको छ । बोष्टनको संघीय अदालतले उनलाई अध्यागमन जालसाजी, करछली, विमाछलीको अभियोगमा सजाय सुनाएको हो । उनले ३० महिनाको जेलपछि १ बर्ष खुल्ला निरिक्षणमा रहनुपर्नेछ भने त्यसपछि उनलाई देशनिकाला गरिनेछ । बोष्टनमा रहेका ११ वटा …

‘अमेरिकनलाई रोजगार’को नारा दिने ट्रम्पको रिसोर्टमा ७० विदेशीले पाए कामदार भिसा

अमेरिकन उत्पादन किन्ने र अमेरिकनलाई नै रोजगार दिने नारा दिदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै रिसोर्टमा काम गर्न ७० जना विदेशी कामदारहरुले भिसा पाएका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ लेबरका अनुशार ट्रम्पको फ्लोरिडामा रहेको मार ए लागो रिसोर्टमा काम गर्नका लागि ७० जना मेड, कुक र सर्भरहरुले एच टु बी भिसा पाएका हुन् । …

अमेरिकाले नेपालीलाई दिएको टीपीएसबारे ५ महिनामा निर्णय लिंदै, १३ हजारको भविश्यमा आशंका

अमेरिकी सरकारले एकपछि अर्को गर्दै विभिन्न देशहरुको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस खारेज गरिरहदा नेपालीले पाएको टीपीएसबारे पनि अन्यौल सृजना भएको छ । अमेरिकाले विभिन्न देशहरुको टीपीएसको अवधि नथपेको अवस्थामा नेपालबारे पनि अन्यौल सृजना भएको हो । ३ लाख मध्य अमेरिकन र हैटियनहरुको टीपीएसको अवधि थप्न आवश्यक नभएको भन्दै अमेरिकी विदेशमन्त्रालयले होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुलाई पत्र लेखेपछि अरु …

अमेरिकामा रहेका यी नेपालीले यसरी भर्नसक्छन् डिभी

रमेश श्रेष्ठ, कानुन व्यवसायी अमेरिकाभित्रै रहेका कस्ता नेपालीहरु डिभी कार्यक्रमका लागि योग्य हुन्छन् ? अमेरिकामा रहेका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्छन् । तर उनीहरुलाई डिभी लोटरी परेमा ग्रिनकार्ड प्राप्त गर्नका लागि आफ्नो कानुनी स्टेटस एड्जस्ट गर्न योग्य हुनुपर्छ । डिभी लोटरी पारेपनि स्टेटस एड्जस्ट गर्न योग्य छैन भने ग्रिनकार्ड प्राप्त गर्न सकिन्न । अमेरिकामा …

सम्भवत अन्तिम डिभी लोटरी भर्ने म्याद नोभेम्बर २२ सम्ममात्र

सम्भवत अन्तिम डिभी लोटरी भर्ने म्याद नोभेम्बर २२ सम्ममात्र रहेको छ । अन्तिम पटक मौकाको फाइदा लिन नभुल्नुहोला । अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले पनि भर्न सकिन्छ । अमेरिकी डिभी लोटरी प्रणालीमा प्राविधिक गडबडी आएपछि बन्द भएको डिभी लोटरी पुन खुलेको हो ।  डिभी लोटरी पुन खुलेसँगै अक्टोबर ३ देखि १० सम्म डिभी भरेकाहरुले पुन भर्नुपर्ने भएको …

Like us on Facebook