इमिग्रेशन विशेष

८६ हजारलाई अमेरिकाबाट देशनिकालाको निर्णय गर्न ड्युकमाथि दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसिया भ्रमणकै दौरानमा अमेरिकामा टीपीएसबाट संरक्षित ८६ हजारलाई अमेरिकाबाट देशनिकालाको निर्णय गर्न ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी सेक्रेटरी एलेन ड्युकलाई दबाब दिएका छन् । ड्युकले होण्डुरसका टीपीएसप्राप्त झण्डै ८६ हजारका बारेमा तत्काल निर्णय नगरी थप पुनरावलोकनका लागि भन्दै ६ महिना समय थपेपछि आक्रोशित केलीले …

अमेरिकामा रहेका नेपालीको निशुल्क डिभी भरिदै

न्युयोर्कको ज्याक्सन हाईटमा अमेरिकामा रहेका नेपालीहरुलाई निशुल्क डिभी भरिने भएको छ । विभिन्न तरिकाबाट अमेरिकामा आएर ग्रिनकार्ड नभएका तर कानुनी हैसियत नगुमाएकाहरुको निशुल्क डिभी भरिदिने कार्यक्रम रहेको छ । बलेवा समाज अमेरिकाले नोभेम्वर १४ मंगलबार डिभी भर्ने कार्यक्रम राखेको समाजका अध्यक्ष अनिल अधिकारीले जानकारी दिएका छन् । अध्यक्ष अधिकारीले कार्यक्रममा सहभागी हुन र यसको फाइदा …

अमेरिकी नागरिकताको अन्तरवार्तामा अपनाउनुपर्ने १० सावधानी

  युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीलृ दिनुभएको छ १० टिप्सहरु । यी टिप्सहरु सामान्य सुझावहरु हुन् कानुनी सल्लाहहरु होइनन् । कानुनी सल्लाहको लागि तपाईले जीसीलाई उहाँको कानुनी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ । …

एसाइलम अन्तरवार्तामा जाँदा अपनाउनुपर्ने ११ सावधानी

युएससीआईएसमा एसाइलमको निवेदन फाइल गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठ दिनुभएको छ ११ टिप्सहरु । यी टिप्सहरु सामान्य सुझावहरु हुन् कानुनी सल्लाहहरु होइनन् । कानुनी सल्लाहको लागि तपाईले श्रेष्ठलाई उहाँको कानुनी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ । टिप्स १ युएससीआईएसमा एसाइलमका …

ग्रिनकार्ड आवेदनका लागि नयाँ फर्म भर्न सिकाउने भिडियो सार्वजनिक

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजले ग्रिनकार्डका लागि आवेदन दिन सिकाउने भिडियो सार्वजनिक गरेको छ । ग्रिनकार्डका लागि आवेदन दिने फर्म आई ४८५ मा आएको परिवर्तनसँगै परिवर्तित फर्म भर्न सिकाउने भिडियो सार्वजनिक गरिएको हो । अगस्त २५ पछि लागु हुनेगरी युएससीआईएसले आई ४८५ को नयाँ फर्म जारी गरेको थियो । नयाँ फर्ममा आवेदकको भौगोलिक अवस्थाबारे …

देशनिकाला गरिएका युवा पुन अमेरिका छिर्न खोज्दा पक्राउ

अमेरिकाबाट देशनिकाला गरिएका एकजना २३ बर्षका युवा पुन गैरकानुनी रुपमा अमरिका छिर्न खोज्दा सिमाक्षेत्रमा पक्राउ परेका छन् । ९ बर्षको उमेरमा अमेरिका आएका ती युवा १४ बर्षको अमेरिका बसेपछि यसैबर्ष देशनिकालामा परेका थिए । उनी अमेरिकाबाट देशनिकालामा परेका डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल डाकाप्राप्त पहिलो व्यक्तिहुन् । उनी मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्दा गत सोमबार …

अमेरिकी नागरिकताका लागि निशुल्क सहयोग

आगामी नोभेम्बर १३ सोमबार न्युयोर्कका अमेरिकी नागरिकताका लागि निशुल्क कानुनी सहयोग प्रदान गरिने भएको छ । न्युयोर्कको क्वीन्स लाइब्रेरी र मेयर अफिससँगको संयुक्त सहकार्यमा निशुल्क कानुनी सहायता कार्यक्रम संचालन गरिन लागेको हो । कार्यक्रम सोमबार दिउसो ४ बजे फ्लसिंगमा रहेको क्वीन्स लाइब्रेरीमा संचालन गरिने भएकाले उक्त लाइब्रेरीमा गएर यो सेवा लिन सकिने भएको छ । …

अमेरिकी दूतावासका कर्मचारी पक्राउपछि रोकिएको भिसाको काम सुचारु

टर्कीको सरकारकाले संवैधानिक नियम र टर्कीको सरकारलाई ध्वस्त पार्न प्रयास गरेको अभियोगमा इस्तानबुलमा रहेको अमेरिकी दूतावासका कर्मचारीलाई पक्राउ गरेपछि अबरुद्ध अमेरिकी भिसा प्रकृया झण्डै एकमहिनापछि सुचारु भएको छ । सत्ता हत्याउने गतबर्षको असफल प्रयासमा सहयोग गरेको भन्दै गत महिना टर्कीको सरकारले इस्तानबुलमा कार्यरत अमेरिकी दूतावासका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । त्यस लगत्तै अक्टोबर ८ देखि …

डिभी भर्नेको विवरण खुफिया डाटाबेसमा

अमेरिकाले हरेक बर्ष डिभी लोटरी खुलाएर विश्वभरबाट करोडौं व्यक्तिका विवरणहरु जम्मा पार्छ । गत बर्ष खुलाइएको डिभी लोटरीमा विश्वभरबाट २ करोड ३० लाखले आफ्ना तस्विरसहितका विवरणहरु डिभी लोटरीमार्फत अमेरिकालाई बुझाएका थिए । डिभी लोटरीमा यो बर्ष त्यो भन्दा धेरैका विवरणहरु विश्वभरबाट अमेरिकी सरकारसमक्ष पुग्ने अनुमान गरिएको छ । अमेरिकी भिसाका लागि आवेदन दिने र डिभी …

डिभीबाट अमेरिका आएका चारजनाको नागरिकता खोसिदै

अमेरिकी सरकारले डिभी लोटरीबाट अमेरिका आएका चारजनाको अमेरिकी नागरिकता खोसेर देशनिकाला गर्ने तयारी गरेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले सन् २००१ म डिभी लोटरीमार्फत अमेरिका आएर अमेरिकी नागरिकता लिइसकेका चारजनाको नागरिकता खोस्न सोमबारदेखि प्रकृया सुरु गरेको छ । अमेरिकाको मिनेसोटामा बस्दैमा आएका ४ जना सोमालियनहरुले डिभी लोटरीपछि भिसा आवेदनमा जालसाजी गरेको अमेरिकी सरकारले …

Like us on Facebook