इमिग्रेशन विशेष

फेसबुकको ‘कुलत’ले बर्बादीः प्रेम, यौन, ठगीदेखि हत्यासम्म

१२ वैशाख ०७२ को भूकम्पमा ललितपुर धापाखेलकी अनिता कार्कीको घर तहसनहस भयो । एक वर्षपछि उनले अचानक बुवालाई गुमाइन् । त्यसपछि उनको जीवनमा अर्काे ठूलो पीडा फेसबुकले थपिदियो । फेसबुकमार्फत चिनेका एक बेलायती युवकले प्रेमको नाटक गरेर उनीसँग भएको सबै सम्पत्ति लुटिदियो । जुन पीडाले उनी मानसिक रोगको औषधि खानुपर्ने अवस्थामा पुगिन् ।  गत १३ …

सरकार निर्वाचन नगराउने छलकपटमा लाग्यो : अध्यक्ष ओली

कपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । आज झापाको दमकमा एमाले प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सरकारले निर्वाचन गर्ने भन्दै निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाए । समयमै निर्वाचन नभए …

डिपोर्टेशन बढाउन अमेरिकामा पक्राउ परेकाहरुको सुनुवाई मंगलबारदेखि फटाफट

अमेरिकाबाट देशनिकालाको क्रम तीब्र पार्न अब पक्राउ परेकाहरुको सुनुवाई फटाफट हुने भएको छ । अमेरिकामा अपराध गरेका कारण वा गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा समातिएकाहरुको अदालती सुनुवाई फटाफट गर्नेगरी पहिलो प्राथमिकतामा राखिएको छ । चिफ इमिग्रेशन जज म्यारीबेथ केलरले मंगलबार सबै अध्यागमन न्यायाधिसहरु, अदालतका प्रशासकहरु र अध्यागमन अदालतका कर्मचारीहरुका नाममा मेमो जारी गर्दै अदालतमा …

हेलाे सरकारमा कस्ता गुनासा आउँछन् ?

कस्ता गुनासा आउँछन् ? राजनीतिक विकृति, सेवा प्रवाहमा देखिएका समस्या, भ्रष्टाचार, लैंगिक हिंसा, नीतिगत सुधारका विषय, पूर्वाधार विकासमा भएका ढिलासुस्ती र बदमासीका गुनासा बढी आउने गरेका छन् । विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकमा कुलमान घिसिङ आउनुपूर्व लोडसेडिङ अत्यधिक भएको समयमा सबैभन्दा बढी गुनासा प्राधिकरणकै बारेमा आउने गरेका थिए । तर, अहिले त्यस्ता उजुरी आउने क्रम रोकिएको …

को बन्ला नयाँ आईजी ?

नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वाभाविक दौडधूप सुरु भएको छ । दुवै प्रहरी संगठनका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि आकांक्षीहरूले राजनीतिक लबिङ तीव्र पारेका हुन् । नेपाल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले अवकाश पाएपछि ती दुई संगठनले फागुन ३ मा नयाँ महानिरीक्षक पाउनेछन् …

अमेरिका फर्कन नपाइने त्रासले प्लेन टिकट रद्द गर्दै नेपाली

अमेरिकाबाट नेपालको यात्रा योजना बनाएका नेपालीले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि भटाभट प्लेन टिकट रद्द गर्न थालेका छन् । विश्वका सातवटा देशका नागरिकलाई आवधिक भिसा प्रतिबन्ध लगाउने र शरणार्थी कार्यक्रम आवधिक रुपमा रद्द गर्ने ट्रम्पको घोषणापछि अमेरिकाबाट नेपालको यात्रा योजना बनाएका नेपालीहरुले प्लेन टिकट रद्द गर्न थालेका हुन् । ट्रम्पको घोषणापछिको एकसातामा मात्र दर्जनौं नेपालीहरुले …

ट्रम्पको कार्यकारी आदेशको शिकार हुनबाट बच्ने ६ कानुनी उपाय

-कार्ल सटरम्यान १ यदि तपाई अमेरिकाको ग्रिनकार्ड होल्डर हुनुहुन्छ भने तपाई जुन देशमा जन्मिएको भएपनि तपाईले यथाशीघ्र अमेरिकी नागरिकताकोलागि आवेदन दिने इच्छा राख्नुहोला । जसले तपाईलाई भविश्यमा अमेरिकाबाहिर स्वतन्त्रतापूर्वक यात्रा गर्ने वातावरण निर्माण गर्नेछ । २ यदि तपाई अमेरिकामा अस्थायी प्रकारको भिसामा हुनुहुन्छ र आफ्नो स्टेटस परिवर्तन गर्न चाहनुहुन्छ भने यथाशीघ्र गर्नुहोला । किभने भविश्यमा …

अमेरिकाका मेयरले नियुक्त गरे बिष्णुमायालाई सल्लाहकार

अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेफन फुलपले नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् । १२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ एशियन कम्युनिटीबाट डा. परियारलाई नियुक्त गरिएको हो । जर्सी सिटी शहरमा साँस्कृतिक, भाषिक, लैंगिक र क्षेत्रको आधारमा हुने विभेदको अन्त गर्न अफिस अफ डाईभर्सिटी तथा ईन्क्लुसन …

राष्ट्रसंघमा विश्वका ८५ देशका युवा सहभागी सम्मेलनको अध्यक्षता गर्दै जोली

संयुक्त राष्ट्रसंघको तीनदिने हिउँदे युवा सम्मेलनको अध्यक्षता नेपाली चेली जोली अमात्यले गरेकी छिन् । फेबु्रअरी १ देखि सुरु भएर ३ सम्म चल्ने युवा सम्मेलनमा विभिन्न एजेण्डामा युवाहरुको भूमिकाबारे छलफल गरिएको छ । सम्मेलनमा नीति निमार्णमा युवाको भूमिका, विश्वका महत्वपूर्ण चुनौतीहरुमा युवा आवाज लगायतका कैयन विषयमा छलफल भएको छ । युवा सम्मेलनको पहिलो दिन जोलीले अध्यक्षको …

विदेशी विद्यार्थीलाई ग्रिनकार्डको बाटो खोल्ने विधयेक सदनमा

अमेरिकी सदनमा पेश गरिएको एउटा विधयेक पारित भएमा अमेरिकामा रहेका विदेशी विद्यार्थीहरुलाई ग्रिनकार्ड पाउन सजिलो हुने भएको छ । सोमबार सदनमा पेश गरिएको विधयेक पारित भएमा अमेरिकामा रहेका विदेशी विद्यार्थीहरुलाई विना कुनै व्यवधान ग्रिनकार्डको प्रकृयामा लैजानका लागि बाटो खोल्नेछ । कँग्रेसम्यान जो लोफ्ग्रेनले सदनमा पेश गरेको यो विधयेक पारित भएमा निश्चित योग्यता पुगेका विदेशी विद्यार्थीहरुलाई …

Like us on Facebook