इमिग्रेशन विशेष

अध्यागमनको छापामा न्युजर्सीमा ३७ कागजपत्रविहिन पक्राउ

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले न्युजर्सीमा ३७ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । शुक्रबार सकिएको पाँचदिने अपरेशनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको आइसले जनाएको छ । अपरेशनका क्रममा पहिले नै अपराधको अभियोग पुष्टि भएकाहरुलाई निशानामा राखिएको आइसले जनाएको छ । पक्राउ पर्नेहरुमा नेपालीहरु भने छैनन् । उनीहरु ब्राजिल, भारत, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, इक्वेडर, ग्वाटेमाला, …

युएससीआईएसले थप कागजात पेश गर्ने अवशर नदिई ग्रिनकार्ड आवेदन अस्वीकार गर्नसक्ने

ग्रिनकार्ड लगायतका कैयन आवेदनमा अमेरिकी सरकारको युएससीआईएसले थप कागजात पेश गर्न आवेदकलाई मौका दिने गरेकोमा अब त्यस्तो मौका नदिइकनै आवेदनहरु अस्वीकार गर्न सक्ने भएको छ । आगामी सेप्टेम्बर ११ देखि लागु हुने नयाँ नियम अनुशार थप कागजातको अनुरोध (Request for Evidence RFE) वा अस्वीकार गर्ने आशयको सुचना (Notice of Intent to Deny NOID ) विना …

यी हुन् एकजनालेमात्र डिभी लोटरी पारेका र पार्दै नपारेका देश

सन् २०१९ का लागि डिभी लोटरीको नजिता र लोटरी पार्नेहरुको विवरण सार्वजनिक भएलगत्तै डिभी लोटरीको नतिजामा केही रोचक विवरणहरु समेत देखिएका छन् । कतिपय योग्य देशबाट एकजनाले पनि डिभी लोटरी पारेका छैनन् भने कतिपय देशका १ जनालेमात्र पनि डिभी लोटरी पारेका छन् । अफ्रिकाको इस्वाटिनी र सेचेलेसका एकएकजनालेमात्र डिभी लोटरी पारेका छन् । एसियामा बु्रनाई …

अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण

अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०१९ का लागि डिभी पर्ने नेपालीको संख्या विवरण सार्वजनिक गरेको छ । डिभी लोटरीको रिजल्ट गत मे १५ मा सार्वजनि भएपनि कति नेपालीहरुलाई डिभी लोटरी परेको छ भन्नेबारे सार्वजनिक गरिएको थिएन । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक सन् २०१९ का लागि ३६३३ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ । चालु …

ट्रम्प प्रशासनबाट एसाइलमबारे नयाँ निर्देशिका जारी, शरण खोज्ने अझ धेरैलाई फिर्ता पठाइने

अमेरिकी सरकारले बुधबार एसाइलमबारे नयाँ निर्देशिका जारी गरेको छ । क्रेडिबल फियर, रिजनेवल फियर, एसाइलम र रिफ्युजी दाबीबारे युएससीआईएसले एसाइलम आवेदकको अन्तरवार्ता लिने अफिसरहरुलाई नयाँ निर्देशिका जारी गरेको हो । सिमानामा अपनाइएको एसाइलमबारेको नयाँ नीतिले शरण खोज्ने हजारौंलाई अध्यागमन अदालतमा निवेदन दिनुअगाडि नै फिर्ता पठाउने सम्भावना रहेको छ । नयाँ नीति अनुशार घरेलु हिंशा र …

बर्मा र लाओसका सरकारी अधिकारीलाई अमेरिकी भिसा प्रतिबन्ध

अमेरिकी सरकारले बर्मा र लाओसका सरकारी अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएको छ । अमेरिकाबाट देशनिकाला हुने बर्मा र लाओसका नागरिकलाई ती देशले फिर्ता लिनमा अमेरिकासँग समन्वय नगरेको भन्दै भिसा प्रतिबन्ध लगाइएको हो । जुलाई ९ देखि लागु हुने गरी ती देशका सरकारी अधिकारीहरुलाई अमेरिकी दूतावासले बी वान, बी टु भिसा जारी गर्न छाडेको छ । सरकारी …

अमेरिकाबाट देशनिकालाको प्रकृयाका मापदण्डमा थप

ट्रम्प प्रशासनले अमेरिकाबाट देशनिकालाका प्रकृयाका थप मापदण्डहरु तय गरेको छ । सरकारले देशनिकालाको प्रकृया सुरु गर्ने सुचना नोटिस टु अपियरका नयाँ मापदण्डहरु तय गरेको हो । नोटिस टु अपियर अध्यागमन न्यायाधिस समक्ष प्रस्तुत हुनुभन्दा अगाडि निश्चित मितिमा अदालतमा उपस्थीत हुनका लागि व्यक्तिलाई दिइने सुचना हो । यहीबाट उसको देशनिकालाको प्रकृया सुरु हुन्छ । अबदेखि देशनिकालाका …

अमेरिकामा २१ दिनमा एसाइलम अन्तरवार्ता गरेपनि ब्याकलग जस्ताको तस्तै

अमेरिकी सरकारको युएससीआईएसले अहिले एसाइलम आवेदकको अन्तरवार्ता २१ दिनमा गर्दै आएपनि ब्याकलग भने जस्ताको तस्तै रहेको युएससीआईएसकै रिपोर्टले देखाएको छ । रिपोर्ट अनुशार जनवरीको अन्तिममा पेन्डिङ एसाइलमहरु ३ लाख १३ हजार ९ सय ९५ रहेका थिए । पहिले आवेदन दिनेको पहिले अन्तरवार्ता लिन सुरु गरेदेखि फरबरीको अन्त्यमा पेन्डिङ एसाइलमहरु ३ लाख १६ हजार ८ सय …

अमेरिकी सिमाक्षेत्रमा बिछोडिएका बालबालिकाका बाबुआमा निर्धारण गर्न डीएनए परिक्षण

सिमाक्षेत्रबाट अमेरिका छिर्ने कागजपत्रविहिनहरुका बालबालिकाहरुलाई बाबुआमाबाट अलग राखिएको भन्दै विरोध भएकोमा वास्तविक बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु गरिएको छ । बालबालिकालाई बाबुआमासँग भेटाउनु अगाडि वास्तविक बाबुआमा भए नभएको सुनिश्चित गर्न डीएनए परिक्षण सुरु गरिएको संघीय अधिकारीहरुले पुष्टी गरेका छन् । मानव तस्करहरुले नक्कली पारिवारिक युनिट खडा गरेर कागजपत्रविहिनहरुलाई अमेरिका छिराउने क्रम बढेपछि अमेरिकी सरकारले …

शरण खोज्ने र कागजपत्रविहिनलाई लामो प्रकृयाविनै देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग

स्वतन्त्रता दिवसको भोलिपल्टै बिहिबार विहान लगातार तीनवटा ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै लामो प्रकृयाविनै शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन पारित गर्न संसदलाई आग्रह गरेका छन् । अमेरिकाको लामो र महँगो प्रकृया मूर्खतापूर्ण रहेको भन्दै संसदले स्मार्ट, छिटो र तार्किक अध्यागमन कानुन पारित गर्नुपर्ने ट्रम्पले बताएका छन् । सिमानामा कानुन कार्यान्वन इकाई …

WP Facebook Auto Publish Powered By : XYZScripts.com