सिलेब्रेशन

भैरे भएर आउँदै अभिनेता दयाहाङ

– पुष्कर बराल नेपाली चलचित्रको क्षेत्रमा ४ सुपरहिट चलचित्र दिन सफल निर्देशक श्री एभरेष्ट सूर्य बोहराको पाँचौँ चलचित्र ‘भैरे’ बन्न लागेको छ  बोहराले फिल्म ‘ठूली’ अग्नी परीक्षा’ का साथै ‘मुटु’र ‘कान्छा’ जस्ता सुपरहिट सिनेमाहरु बनाउन सफल भएका छन् । उनै चर्चित  निर्देशक एभरेष्ट सुर्य बोहराले फेरी नेपाली फिल्मी जगतमा अर्को फिल्म भैरेको निर्देशन गर्न लागेका छन । बिहिबारराजधानीमा नवनिर्मीत फिल्म भैरेको  शुभमुहुर्त गरीएको छ । दयाहाङ्ग राई,  बुध्दि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा ,बर्षा सिवाकोटी र सुरक्षा पन्त लगायतक कलाकारको भूमिका रहने छ । यसै फिल्ममा दयाहाङ राई भैरेको पात्रमा देखिने भएका हुन । काठमाण्डौ, पोखरा र मुस्ताङ्ग लगायत क्षेत्रमा छायांकन हुन लागेको यो फिल्मको छायांकन आगामी साता बाट शुरु हँदैछ । फिल्मकरीब डेढ महिनामा छायाङकन सकिने निर्माताले बताएका छन् । शुभमुहुर्त कार्यक्रमा निर्देशक बोहराले भने आफुले जहिले पनि गफभन्दा काम गर्ने बताए । आफुले भन्दा आफ्ना कामले बढी बोल्ने बताएका बोहोराले फिल्मको कथा बढि रोमान्चित रहेको बताएकाछन् । फिल्ममा अनुबन्धित मुख्य पात्र अभिनेता दयाहाङ्ग राईले चलचित्रको कथा निकै राम्रो लागेको बताएका छन् । अन्य कलाकार नायिका सुरक्षा पन्त, नायिका बर्षा सिवाकोटीले चलचित्रको कथा मन परेको बताए । चलचित्र उध्योगलाई अझउचाईमा पुर्याउन यो फिल्म बन्नलागेको  बरिष्ठ गायक तथा ’भेरै’का सहनिर्माता यम बरालले  बताएका छन् । नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि. ले निर्माण गर्नलागेको यो फिल्मको निर्माता प्रेम प्रसाद पौडेल हुन् भने देवि माया अधिकारीकार्यकारी निर्माता रहेका छन् । पुरुषोत्तम प्रधानले छायांकन गर्ने भैरे को कथा निर्देशक शुर्य बोहराको कथामा पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेशन्यौपानेको रहनेछ ।  फिल्ममा  बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत तथा गायन रहने बताईएको छ ।

अग्निबाँण क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार किरण मरहठ्ठालाई

यसबर्षको अग्निबाँण क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार न्युयोर्क निवासी नेपाली पत्रकार किरण मरहठ्ठालाई प्रदान गरिएको छ । पुरस्कारको संस्थापक अग्निबाँण पाक्षिक र शिवपुरि मिडिया नेटवर्कलेले बुधबार एक विज्ञप्ति मार्फत विजयी पत्रकारको नाम घोषणा गरेको हो । विगत १० बर्षदेखी प्रकाशन हुदै आएको अग्निबाँण राष्ट्रिय पाक्षिक यसै बर्षदेखि शिवपुरि मिडिया नेटवर्क मार्फत प्रकाशित हुदै आएको छ । …

टोरन्टोमा जारी अन्तर्राष्ट्रिय सांगितिक प्रतिस्पर्धामा नेपालीका मुलका १७ बर्षीय अभि टप ८ मा

क्यानाडाको टोरन्टोमा साउन्ड सुप्रिमेसि इन्टरटेन्मेन्टको आयोजनामा भइरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा अमेरिकाको नर्थ क्यारोलाइना निबासी सत्र बर्षीय किसोर अभि बस्ताकोटी कुर्टिस वार्टस टप ८ मा पर्न सफल भएका छन् ।पहिलो चरणमा विश्वभरीका ६४ म्युजिक कम्पोजरसंगै छनोटमा परेका अभि शनिबार सबैलाई पछि पार्दै टप ८ मा पर्न सफल भए । यसअघि प्रत्येक प्रतियोगीहरूले प्रतिस्पर्धामा …

‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु, अनलाइनबाटै नृत्यको भिडियो पठाउन सकिने

दुनियाँ नचाउने अभियान ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु भएको छ । प्रतियोगीता सुरु भएसंगै प्रतिष्पर्धीहरुका नृत्य समेत आउन थालेका छन् ।  गायक आचार्यका घिनघिन बज्यो मादल र मेरो स्टाईल यस्तै छ बोलको गीतमा कुनै एउटा गीतमा नृत्यु गर्न सकिने छ । यो प्रतियोगीता अन्तर्गत पहिलो हुने समुहले २ लाख पुरस्कार तथा अष्ट्रेलिया भ्रमणको अवसर …

अधिकारकर्मी नर्बदा क्षेत्रीलाई अमेरिकी ‘क्वीन्स एम्बासडर अवार्ड’

अमेरिकामा चर्चित नेपाली अधिकारकर्मी नर्बदा क्षेत्री क्वीन्स एम्बासडर अवार्ड २०१७ बाट सम्मानित हुनुभएको छ । अधिकारकर्मी क्षेत्रीलाई न्युयोर्कमा सन् १९१९ देखि प्रकाशित प्रतिस्ठित टाइम्स लेजर पत्रिकाले सम्मानित गरेको हो । उहाँलाई यस अघि सन् २०१२ मा न्युयोर्क शहर डिस्ट्रिक्ट २५ काउन्सिल सदस्य डानियल ड्रमले इमिग्रेन्ट हेरिटेज अवार्डद्वारा सम्मान गर्नुभएको थियो भने युएसनेपालअनलाईनले सन् २०११ मा …

बिश्वप्रसिद्ध क्यानाडाको सांगीतिक प्रतिस्पर्धामा अमेरिका निवासी १७ बर्षिय अभि

-बासुदेव भट्टराई /नर्थ क्यारोलाइना क्यानाडाको टोरन्टोमा हुन गईरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा अमेरिकाको नर्थ क्यारोलाईना बस्दै आएका १७ बर्षिय किशोर अभि बस्ताकोटी (कुर्टिस वार्टस) छनौटमा परेका छन । नोभेम्बर ९ देखि ११ मा हुन गईरहेको उक्त प्रतिस्पर्धामा बिश्वका बिभिन्न मलुकका ६४ जना म्युजिक कम्पोजरहरु छनौटमा परेका छन । प्रतिस्पर्धिहरुले उक्त अवार्ड जित्नका …

नेपाली चेली जोलीले पाइन् राष्ट्रसंघबाट उच्च सम्मान

नेपाली चेली जोली अमात्यले संयुक्त राष्ट्रसंघबाट एक उच्च सम्मान प्राप्त गरेकी छिन् । युएस नेशनल कमिटि फर युन वुमनले जोलीलाई च्याम्पेन अफ द चेन्ज अवार्ड प्रदान गरेको हो । ३० औं बार्षिकोत्वको अवशरमा जोलीलाई यस्तो सम्मान प्रदान गरिएको हो । युएन वुमनले नेपालमा उल्लेखनीय काम गरिररहेको सन्दर्भमा आफूले च्याम्पेन अफ द चेन्ज अवार्ड प्राप्त गरेकोमा …

यस्तो भयो केपी ओलीको तिहार, चुनावकै चिन्ता (भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियान सफल पार्न सबैमा आह्वान गर्नु भएको छ । अध्यक्ष ओलीले निर्वाचनमा कहीँकतैबाट पनि व्यवधान आउन नदिन सचेत हुनुपर्नेमा बताउनुभयो । शनिबार आफ्नै निवास बालकोटमा बहिनीहरु कौशल्या कोइराला र विष्णुमाया ढकाल तथा भान्जीहरु देवका शिवाकोटी र इन्दिरा शिवाकोटीको हातबाट भाइटीका ग्रहण गरेपछि …

यस्तो भयो राष्ट्रपति र प्रधानमन्त्रीको भाईटिका

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभयो । राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । भाई डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उहाँसंग आशीर्वाद लिनुभयो । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी …

भाइटीकाको उत्तम साइत ११ः५१ बजे, ८ बजे अगाडि कालबेला

यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन भोलि भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको …

Like us on Facebook