२४ घण्टाका टप स्टोरीहरु

आमाले छाडिन्, बाबु जेल परे, दुई बालकको विचल्ली

–प्रकाश धौलाकोटी तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–४, इवाको सिमादुङ बस्तीका दश वर्षे निर्जल खपाङ्गी मगरलाई दुई वर्षको नहुँदै आठबर्षअघि आमाले छाडेर गइन् । त्यतिबेला पाँच वर्षका उनका दाजु निर्मल अहिले १३ वर्ष पुगेका छन् । आठबर्षअघि आमाले छाडेपछि यी दुई बालकको विचल्ली भएको छ । आमाको माया गुमाइसकेका उनीहरुलाई बुबा मानबहादुरले पनि समय दिन सकेनन् । …

अक्टोबर ३ देखि १० सम्म डिभी भरेकाहरुको आवेदन रद्द, भोलिदेखि पुन भर्नसक्ने

अमेरिकी डिभी लोटरी प्रणालीमा प्राविधिक गडबडी आएपछि सन् २०१९ का लागि अक्टोबर ३ देखि १० सम्म भरिएका डिभी लोटरीका आवेदनहरु रद्द गरिएको छ । प्राविधिक गडबडी आएपछि अमेरिकी सरकारले डिभी लोटरीका लागि नयाँ मिति तोकेको छ । अमेरिकी पूर्वीय समय अनुशार अब भोलि अर्थात् बुधबार अक्टोबर १८ को मध्यान्हबाट डिभी लोटरी भर्न सकिने छ । …

२०१९ को डिभी लोटरीमा गडबडी, भोलिदेखि पुन सुरु

अमेरिकी डिभी लोटरी प्रणालीमा प्राविधिक गडबडी आएपछि सन् २०१९ का लागि अक्टोबर ३ देखि १० सम्म भरिएका डिभी लोटरीका आवेदनहरु रद्द गरिएको छ । प्राविधिक गडबडी आएपछि अमेरिकी सरकारले डिभी लोटरीका लागि नयाँ मिति तोकेको छ । अमेरिकी पूर्वीय समय अनुशार अब भोलि अर्थात् बुधबार अक्टोबर १८ को मध्यान्हबाट डिभी लोटरी भर्न सकिने छ । …

एनआरएन चुनावमा कसले कति मत ल्याए ? (ब्रेकडाउनसहित)

एनआरएनएको ग्लोबल सम्मेलनले भवन भट्टको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कसले कति भोट ल्याए चुनावमा ? हेर्नुहोस् ब्र्रेकडाउन । अध्यक्ष भवन भट्ट ११९७ (निर्वाचित) जमुना घले ५८४ उपाध्यक्ष कुमार पन्त १०३० (निर्वाचित) कुल आचार्य  ६४४ (निर्वाचित) सोनाम लामा ४३६ चिरञ्जिवी थापा ३८० रविना थापा ३६४ खगेन्द्र क्षेत्री ३४९ महिला उपाध्यक्ष सपिलाराज भण्डारी १०५४ …

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

–पूर्णप्रसाद मिश्र नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, कृषक पूजा तथा …

एनआरएन अध्यक्षमा भवन भट्ट विजयी, उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको ग्लोबल सम्मेलनबाट भट्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै भट्ट निर्वाचित हुनुभएको हो । १८५४ मध्ये १७८८ मत खसेकोमा भट्टले ११ सय १७ मत प्राप्त गर्नुभयो भने गुरुङले ५ सय ८४ मत ल्याउनुभयो । २ जना निर्वाचित हुने उपाध्यक्षमा …

प्रतिनिधि सभा सदस्यका लागि ४९ दलबाट उम्मेदवारको बन्दसूची पेश

– नारायण न्यौपाने  समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेश गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची आइतबार पेश गरेका हुन् । …

अस्ट्रियाका नयाँ चान्सलर ३१ वर्षे युवक , संसारकै कम उमेरका राष्ट्रप्रमुख

मध्य युरोपेली मुलुक अस्ट्रियामा पिपुल्स पार्टीका ३१ वर्षे युवक सेबास्टिएन कुर्ज चान्सलर निर्वाचित भएका छन् । पुरातनवादी धारको पार्टी पिपुल्स पार्टीका कुर्ज संसारकै कम उमेरका राष्ट्रप्रमुख पनि बनेका छन् । उनको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत हासिल गरेको छ । सोसल डेमोक्रेट्स र फ्रिडम पार्टीबीच दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा देखिएको छ । ‘यो देशमा परिवर्तनको समय हो, हामीलाई …

प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसदका भद्रगोल उम्मेदवारी

एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसदका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । नेता माधवकुमार नेपालनिकट नेताहरूले बैठक छलेर हतारमा सूची तयार पार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । शीर्ष नेताहरूको असन्तुष्टिपछि सोमबार र मंगलबार छलफल …

उपत्यकामा विना लाइसेन्स सवारी चलाउने छब्बीस हजार

काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल …

Like us on Facebook