परिवारका लागि तुरुन्तै ग्रिनकार्ड फाइल गर्न सुझाव, नियम खारेज हुँदै (भिडियो)


प्रकाशित मिति : फाल्गुन २५, २०७३ बुधबार

अमेरिकी नागरिकता प्राप्त गरिसकेको व्यक्तिले बुबाआमा वा अन्य योग्य नातागोता (दाजुभाईदिदीबहिनी) का लागि तुरुन्तै ग्रिनकार्ड फाइल गर्न न्युयोर्कका चर्चित कानुनविद् केशव सेडाईले सुझाव दिनुभएको छ । नियम परिवर्तनको उच्च सम्भावना रहेको भन्दै उहाँले बुबाआमा र दाजुभाईदिदीबहिनीका लागि अहिले नै ग्रिनकार्ड फाइल नगरे पछि गर्न नपाइने नियम आउनसक्ने उहाँले बताउनुभयो ।

खसोखाससँग कुराकानी गर्दै उहाँले भन्नुभयो – ‘यससम्बन्धि विधयेक सदनमा छ । आगामी सातआठमहिनामा पारित हुनसक्छ । यो विधयेक पारित भएमा पारिवारिक आधारमा प्राप्त हुने ग्रिनकार्डको प्रणाली खारेज हुनेछ ।’

दाजुभाई र दिदीबहिनीहरुका लागि अमेरिकी नागरिकताप्राप्त गरेको व्यक्तिबाट गरिने ग्रिनकार्ड स्पोन्सरको प्रणाली खारेज हुने उच्च सम्भावना रहेको र बाबुआमालाई ग्रिनकार्ड स्पोन्सर गर्ने प्रणाली समेत सम्भवत खारेज हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो -‘ सदनमा भएको विधयेक, मैले गरेको अध्ययन र ट्रम्प प्रशासनको अवाधारणा अनुशार पारिवारिक आधारमा प्रदान गरिने ग्रिनकार्डको कोटा हटाएर योग्य र सक्षम व्यक्ति भित्राउने गरी रोजगारमा आधारित ग्रिनकार्डलाई प्राथमिकता दिइनेछ ।’

एसिया, अफ्रिका जस्ता मुलुकबाट आउने आप्रवासीलाई घटाउने र युरोप लगायत समृद्ध देशबाट आउने आप्रवासी संख्या बढाउने ट्रम्प प्रशासनको नीति रहेको उहाँले बताउनुभयो । पारिवारिक आधारमा पाउने ग्रिनकार्डको प्रणाली बन्द गरेर दुईतीनवटा भाषाको ज्ञानभएको , विज्ञान, प्रविधि लगायतका विषण्मा युरोपियन एड्भान्स डिग्री भएको, पेशागत कामको अनुभव भएकोलाई फाइदा पुग्ने गरी मेरिट प्रणाली ल्याउने सम्भावना रहको सेडाईले बताउनुभयो ।

नयाँ नियममा २१ बर्ष नाघेका छोराछोरीहरुलाई पनि ग्रिनकार्ड स्पोन्सर गर्न नपाइने प्रावधान आउनसक्ने भएकाले योग्य व्यक्तिले अहिले नै फाइल गरेमा नयाँ नियमले असर नगर्नसक्ने उहाँले बताउनुभयो । युएससीआईएसको वेवसाइटमा गएर आईवान ३० पिटिसन डाउनलोड गरेर डकुमेन्टहरु हालेर आफै पनि सजिलै फाइल गर्न सकिने र कानुन व्यवसायी समेत नचाहिने सेडाईले प्रस्ट पार्नुभएको छ ।
त्यस्तै नागरिकाका लागि योग्य ग्रिनकार्ड भएको व्यक्तिले नागरिकता तुरुन्तै फाइल गर्न पनि सेडाईले सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो ग्रिनकार्डवालाहरुको सन्दर्भमा त्यतीठूलो परिवर्तन हुने सम्भावना छैन । तर पनि योग्य व्यक्तिले तुरुन्तै नागरिकताका लागि आवेदन दिनु उपयुक्त हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com