दर्शन गरौं भालेश्वर महादेव


प्रकाशित मिति : फाल्गुन २४, २०७३ मंगलबार

-दीपेन्द्र ढुंगाना (तस्विर सहित)

काठमाडौं नजिकै तपाईहरु नपुगेका कैयन ठाउँहरु हुनसक्छन्, जुन धार्मिक र पर्यटकीय दुबै दृष्टिकोणले महत्वपूर्ण छन् । काठमाडौंको कलंकीबाट १५ किलोमिटर दुरीमा र समुन्द्री सतहबाट २५५१ मिटरको उचाईमा रहेको भालेश्वर महादेव मन्दिर यस्तै एउटा स्थान हो ।

केबलकारमार्फत पनि पुग्नसकिने यो क्षेत्र धार्मिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ, पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै सुन्दर छ ।

भालेश्वर महादेव मन्दिर काठमाडौँ जिल्लाको चन्दागिरी डाँडामा रहेको प्रसिद्ध मन्दिर हो । शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ ।

विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेव को दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ ।

ऐतिहासिक महत्वका हिसाबले पनि चन्दागिरी निकै महत्वपूर्ण स्थान हो । नेपाल एकिकरण गर्ने समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका यहि ठाउँबाट अवलोकन गरेको थिए । उक्त समयमा पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास रहेको पाइन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com