ट्रम्पले महाअभियोगको सामना गर्ने अमेरिकन प्रोफेसरको चेतावनी


प्रकाशित मिति : फाल्गुन १०, २०७३ मंगलबार

हरेक बर्षको अमेरिकी राष्ट्रपतिको चुनावको परिणामबारे सही भविश्यवाणी गर्दै आएका एकजना प्रोफेसरले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगको सामना गर्नुपर्ने बताएका छन् ।

अमेरिकी विश्वविद्यालयका प्रोफेसर एलन लिचम्यानले सन् १९८४ यताका अमेरिकी राष्ट्रपतीय चुनावका परिणामबारे सही भविश्यवाणी गरेका थिए । धेरैले अपेक्षा नगरेको डोनाल्ड ट्रम्पको चुनावी परिणामबारे पनि उनले सही भविश्यवाणी गरेका थिए । डोनाल्ड ट्रम्पले सामना गर्नसक्ने महाअभियोगबारे उनले हाल पुस्तक नै लेखिरहेका छन् ।

हार्पर कोलिन्सका प्रवक्ताले मंगलबार वक्तब्य जारी गर्दै ट्रम्पले महाअभियोगका सामना गर्ने कि नगर्ने भन्ने कुनै अब प्रश्न नै नभएको बरु कहिले सामना गर्ने भन्ने प्रश्न भएको बताएका छन् ।

उनको भनाई अनुशार ट्रम्पले महाअभियोगको सामना गर्ने निश्चितप्राय नै छ । ट्रम्पको रुससँगको सम्बन्धका विषयमा उठेका प्रश्नहरु र ट्रम्पको ब्यापारको रुचीको द्वन्दका कारण महाअभियोगको सामना गर्न सक्ने पुस्तकमा जनाइएको छ ।

पुस्तक आगामी अप्रिल १८ मा सार्वजनिक हुने बताइएको छ । चुनाव हुनुभन्दा एकदिन अगाडि पनि लिचम्यानले यदि ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएमा महाअभियोगको सामना गर्ने बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com