एसियाली विकास बैंकको लक्ष्य ८ सय ८४ मिलियन डलर


प्रकाशित मिति : फाल्गुन १०, २०७३ मंगलबार

नेपालको सबैभन्दा ठूलो दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले सन् २०१७ देखि २०१९ मा करिव ८ सय ८४ मिलियन डलर निकासा गर्ने लक्ष्य लिएको छ । नेपाल भ्रमणमा रहेका एडीबीका उपाध्यक्ष वेन्काई झाङले सोमबार पत्रकार सम्मेलन गर्दे यस्तो जानकारी दिनुभएको हो ।

उहाले एडिविको प्राथमिकतामा मेलम्ची खानेपानी आयोजनाका साथै तनहुँ हाइड्रोपावर, त्रिभुवन र लुम्बिनी अन्तर्रा्ष्ट्रिय विमानस्थल रहेको बताउनुभयो । त्यस्तै मेलम्ची परियोजनाको निर्माण कार्य सुस्त भएको र अक्टोबरसम्म काठमाडौं पानी नआउने निश्चीत भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेकोमा पनि एडीबीले असन्तुष्टि जनाएको छ । तर, पुनर्निर्माण प्राधिकरणले राम्रो काम गर्छ भन्ने आश रहेको उपाध्यक्ष झाङले बताउनुभयो ।

उपाध्यक्ष वेन्काई झाङले नेपालको बिकास लागी सदैव सहयोग जारी रहने धारणा पनि राख्नुभयो । उपाध्यक्ष वेन्काई झाङ तीन दिने नेपाल भ्रमणमा हुनुहुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com