वीरगन्जमा प्रधानमन्त्रीको पुत्ला दहन


प्रकाशित मिति : फाल्गुन १०, २०७३ मंगलबार

सन्ताेष यादव /  सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अाफ्नाे माग सम्बोधन नभएकाे भन्दै दबाब मुलक अान्दाेलन थालेकाे छ ।  आज विहानै मोर्चाका  कार्यकर्ताहरुले वीरगन्जमा प्रधानमन्त्री प्रचण्डको पुत्ला  दहन गरेका छन् ।

सदभावना पार्टीका कार्यकर्ताहरुले बीरगन्जको घण्टाघर चोकमा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनसँगै प्रचण्डलाई दलालको संज्ञा दिँदै सरकार विरुद्ध नारा जुलुस समेत प्रदर्शन गरेँ ।

पुत्ला दहनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सदभावना पार्टीका उपाध्यक्ष इश्वर यादवले मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मधेसी जनतालाई धोका दिएको आरोप लगाए । उनले संविधान संशोधन बेगरको निर्वाचनको कुनै अर्थ नभएको दावी गरे ।

उनले सरकारले घोषणा गरेपनि मधेसमा निर्वाचन हुन नदिने चेतावनी दिए । उनले मधेसमा अब विगतभन्दा झन सशक्त आन्दोलन हुने बताए । सरकार आफै झुक्ने खालको आन्दोलन अब मधेसमा हुन्छ उनले थपे ।

सरकारले अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने निर्णय गरेको छ । मधेसी मोर्चाले भने निर्वाचन मिति घोषणाको विरोध गर्दै आज मधेसका जिल्लाहरुमा मशाल जुलुस प्रदर्शन र भोली मधेस बन्दको आह्वान गरेको छ । साथै सरकार विरुद्ध भण्डाफोर कार्यक्रम गर्ने पनि मोर्चाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com