रुपन्देहीको प्रहरी चौकी तनावग्रस्त, झडपमा प्रहरी घाईते


प्रकाशित मिति : फाल्गुन ८, २०७३ आईतबार

रुपन्देहीको प्रहरी चौकी वडवलियामा स्थानीयहरुले ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेकोजनाईएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाद्धारा जानकारी गराईएको छ ।

झडपमा प्रहरीको साथमा रहेको एउटा हतियार लुटिएको छ भने हतियारको खोजी भइरहेको जनाईएको छ ।

शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । यो घटनालाई नै झडप भएको भएका र यसमा सिके राउतका कार्यकर्ता संलग्न हुन सक्ने प्रहरीको आशंका छ । झडपमा ३ जना प्रहरी पनि घाइते भएका जनाईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com