डीसी,मेरिल्याण्ड र भर्जिनिया क्षेत्रका घरपरिवार अमेरिका कै १० शीर्ष स्थानका करोडपति धनाड्य घरपरिवार


प्रकाशित मिति : फाल्गुन ८, २०७३ आईतबार

 

विजय थापा ,वाशिंगटन डीसी

अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने घरपरिवार अमेरिका कै १० शीर्ष स्थानका करोडपति घरपरिवार भएको तथ्यांक तथा समाचार बाहिर आएको छ l फिनिक्स बजारीकरण अन्तर्राष्ट्रियले गरेको एक सर्वेक्षण अनुसार अमेरिकाका १ देखि १० सम्म शीर्ष स्थानका करोडपति घरपरिवारहरु डीसी,मेरिल्याण्ड तथा भर्जिनिया क्षेत्रमा बसोबास गर्ने घरपरिवारहरु जनाएको छ l

सन् २०१६ को सर्वेक्षण अनुसार ७.५५ प्रतिसत अंक प्राप्त गरि अन्य सबै राज्यलाई पछाडी छोड्दै मेरिल्याण्ड राज्यका घरपरिवार शीर्ष स्थानका करोडपति धनाड्य घर परिवार बन्न पुगेका हुन् l सन् २०१५ भन्दा मेरिल्याण्ड राज्यको प्रतिसत ७.७ रहेको थियो भने तर तुलनात्मक रुपमा सन् २०१५ भन्दा घट्न गएको छ l

मेरिल्याण्ड राज्यमा घरपरिवार २ करोड २३ लाख ७ हजार ५ सय ७ बाट वृद्धि भै २ करोड २५ लाख ४ हजार ७ सय ९८ घरपरिवार पुगेको छ l यसै गरि सन् २०१५ को तुलनामा भर्जिनिया तथा डीसी क्षेत्रका करोडपति घरपरिवारको वृद्धिमा पनि ह्रास भएको छ l तथ्यांक अनुसार भर्जिनिया अझ पनि आठौ तथा डीसी नवौ डिसी ओगट्न सफल भएको छ l डीसी आर्थिक मन्दीको कारण २० औ स्थानमा सम्म पुगेको थियो l

गत बर्ष २०१६ को अगस्तमा गरिएको एक सर्वेक्षण अनुसार बृहत वाशिंगटन डीसी अमेरिका कै उच्चतम सघन घरपरिवार करोडपति जिप कोड भएको शहर भएको छ l

यसै गरि कनेक्टिकट दोश्रो,न्युजर्सी ,हवाई ,अलास्का ,म्यासाचुसेट्स ,न्युह्याम्पसायर तथा डेलावेयर क्रमस १० औ स्थानमा पर्न गएका छन् l अमेरिकामा उच्च धनि वर्ग तथा मध्यम धनि वर्गको खाडल फराकिलो रुपले वृद्धि भै रहेको तथ्यांकले देखाएको छ l

अमेरिकामा करोडपति घरपरिवार गत पाँच बर्ष देखि झन्डै ८ लाख बढेको देखिएको छ भने जुन अनुपात ज्यादा रुपले अपरिवर्तन छ l

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com