२२ बर्षका असिमले पाए अमेरिकामा करोड


प्रकाशित मिति : फाल्गुन ७, २०७३ शनिबार

न्युयोर्क निवासी तनहुका २२ बर्षीय युवा असिम देवकोटाले अमेरिकामा झण्डै १ करोड रुपैया प्राप्त गरेका छन् । केही महिना अगाडि बुबाको हृदयघातबाट मृत्यु भएपछि तोडिसकिएको विमा पोलिसीबाट समेत विमा कम्पनीले असिमलाई झण्डै १ करोड रुपैया प्रदान गरेको हो ।

असिमका बुबा शैलेन्द्र देवकोटाले न्युयोर्क लाइफ इन्सुरेन्समा जीवन विमा गरेपनि मृत्यु हुने ताका उनले विमा तोडिसकेका थिए । न्युयोर्क लाइफ इन्सुरेन्सका प्रतिनिधी कृष्ण पोखरेलको सहयोगमा तोडिसकिएको विमाबाट समेत शैलेन्द्र देवकोटाको परिवारले ९८ हजार १ सय २७ डलर ९५ सेन्ट प्राप्त गरेका हुन् । शनिवारको विनिमयदर अनुशार यो १ करोड ५ लाख २१ हजार १ सय ७६ नेपाली रुपैया हो ।

प्राप्त रकमलाई असिमले बुबाको उपहार भएको बताएका छन् । उनले बुबाको मृत्युपछि अमेरिकाबाट नेपालमा शव पठाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनले आफूले अपेक्षा नगरेको रकम प्राप्त गरेको भन्दै यो रकम सदुपयोग गर्ने बताएका छन् ।

असिमले जीवन बिमाको महत्व आफूले अहिले राम्रोसँग बुझेको बताउँदै अमेरिकामा रहेका अरु नेपालीहरुलाई पनि जीवन बिमा गर्न सुझाव दिएका छन् । न्युयोर्क लाइफ इन्सुरेन्सका प्रतिनिधि कृष्ण पोखरेलले पनि अमेरिकामा रहेका नेपालीले जीवन विमा गरेमा मृत्यु पश्चात दाहसंस्कारका लागि चन्दा उठाउनुपर्ने अवस्था नआउने बताएका छन् ।

पोखरेलले खसोखाससँग कुराकानी गर्दै भने -‘ विमा गर्नुहोस् । आफूलाई मन परेको पोलिसी लिनुहोस् । मृत्युपश्चातमात्र होइन जीवित छँदै पनि काम लाग्छ । मबाट नलिए अरुबाट लिनुहोस् । तर बिमा अवश्य लिनुहोस् । ‘

असिम देवकोटा र कृष्ण पोखरेलसँगको कुराकानीको भिडियो यहाँ हेर्नुहोला । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com