आइसका नाममा ठगिनबाट बचाउन एटर्नी जनरलको ‘आकस्मिक अलर्ट’


प्रकाशित मिति : फाल्गुन ६, २०७३ शुक्रबार

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अर्थात् आइस एजेण्टका नाममा ठगहरुले गतिविधि बढाएपछि न्युयोर्क एटर्नी जनरल एरिक स्नाइडरम्यानले आस्मिक अलर्ट जारी गर्दै आईसका एजेण्ट बताउँदै रकम माग्ने ठगहरुबाट बच्न सचेत गराएका छन् । डिपोर्टबाट बच्न रकम दिनुपर्ने माग गर्नेहरु सबै नक्कली एजेण्ट भएको एटर्नी जनरलले स्पष्ट पारेकय छन् ।

ठगहरुले इमिग्रेशनको छापाबाट त्रसित कागजपत्रविहिनहरुलाई शिकार बनाउने गरेको र न्युयोर्कमा त्यस्ता घटनाहरुबारे जानकारी आएकाले ठग भएको आशंकय लागेमा आफ्नो कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

एटर्नी जनरलका कार्यालयमा नक्कली अध्यागमन अधिकारीबारे कैयन रिपोर्टहरु आएका छन् । क्वीन्समा बस्ने एकजना आप्रवासीलाई चारजना ठगले आफू आइसको एजेण्ट रहेको बताउदै रकम मागेको र उनीहरुले आइस एजेण्टले जस्तै ड्रेस लगाएको एटर्नी जनरलको अफिसले जनाएको छ ।

सम्भावित ठगीबाट बच्न एटर्नी जनरलको कार्यालयको फोन नम्बर ८६६ ३९० २९९२ मा फोन गर्न सुझाव दिइएको छ । आइसका सक्कली एजेण्टहरुले कहिलेपनि रकम नदिए डिपोर्ट गर्ने वा पक्राउ गर्ने धम्की नदिने र न्यायाधिसले हस्ताक्षर गरेकये वारेन्टविना कसैको घरमा छिर्ने अधिकार नभएको एटर्नी जनरलको भनाई छ ।

आइसले कहिलेपनि फोनबाट रकम तिर्न नलगाउने भएकाले त्यस्ता फोनकलबाट बच्न पनि सचेत गराइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com