खोरमा थुनिएका दुई किशोरको उद्धार


प्रकाशित मिति : फाल्गुन ५, २०७३ बिहीबार

गरिबीले पिरोलेको झमन बहादुर राना र सरस्वती राना दम्पत्तिको परिवारले आफना दुई छोराको उपचार गर्न नसकेर कुकुर थुन्ने खोरमा थुनेर राख्दै आएका थिए । बाध्यात्मक परिस्थितिका कारण आफ्नै सन्तान थुनेर राख्न बाध्य थिए । उनीहरुकाे बारेमा समाचार प्रसारण भएपछि उद्दार भएको छ ।

केही बोल्न पनि नसक्ने र सुस्तमनस्थिति भएका जेठो र माईलो छोरालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, छिमेक, मानवअधिकारकर्मी लगाएतको रोहवरमा मानव सेवा आश्रमले उद्धार गरेको हो ।

आफना सन्तानलाई खोरमा थुनेर राख्ने रहर कसका बाबु आमालाई हुन्छ र ? केवल  आफनो बाध्यात्मक परिस्थिति र गरिबीका कारणले उपचार गर्न नसकेर ढुङगाको मन बनाउदै आफना छोरालाई खोरमा थुन्दै आएका थिए महाराजगञ्जमा डेरा बस्दै आएका झमन बहादुर राना र सरस्वती राना दम्पत्तिले ।

छोराको उपचार गर्न नसकेर खोरमा थुन्नुपर्ने बाध्यात्मक स्थितिका कारण २० वर्षीय छोरा अनिल राना र १५ वर्षीय सुनिल रानालाई खोरमा थुन्दै अरुको घरमा काम गर्न दुवै दम्पत्ति जाने गरेका थिए ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, छिमेक, मानवअधिकारकर्मी लगाएतको रोहवरमा मानव सेवा आश्रमले ति दुई किशोरको जिम्मेवारी लिएको हो ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले किशोरद्वयलाई उद्धार गरेर आश्रममा लगेर उनीहरुको उपचार र रेखदेख गर्ने भएकाे छ । किशोरद्वयको अवस्थाका बारेमा जानकारी पाएपछि मानव सेवा आश्रमको सहयोगमा उद्धार गर्न लागिएको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको महिला तथा बालबालिका कार्यालयकी प्रमुख अनिता अधिकारीले बताइन् ।
४ भाई छोराका बाबु आमा आफना २ भाई छोराको उपचार हुने र कुनै संस्थाले रेखदेख गर्ने भएपछि निकै हर्षित भएका छन् ।

दम्पत्तिको छिमेकीको घरमा आएका जापनिज माकी तो मि नामीले दुश्य खिचेर बच्चाको कसरी उद्धार गर्न सकिन्छ भनेर सल्लाह गरेका थिए । सल्लाह बमोजिम छिमेकीले मानवअधिकारीकर्मी दुर्गानाथ दाहाललाई खबर गरेका थिए । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका सह—सचिव दुर्गानाथ दाहालले किशोरको उद्धार गर्नका लागि पहल गरेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com