जगदिश समालको पप गीत ‘देउन’अमेरिकामा सार्बजनिक


प्रकाशित मिति : फाल्गुन ५, २०७३ बिहीबार

विजय थापा

यूवा गायक जगदिश समालको फरक प्रस्तुतिको नया नेपाली पप गीत देउन अमेरिकाबाट सार्बजनिक भएको छ । अमेरिका बाट प्रेम दिवसको दिन गायक जगदीश समालको उक्त नया गीत सार्बजनिक गरिएको हो । गीतको छायांकन अमेरिकामा गरिएको छ ।

उनले झन्डै पाँच बर्ष पछि उनको नया गित आएको हो । शब्द तथा संगीत दावा शेर्पाको रहेको छ भने शेर्पाले झन्डै १ दशक पछि प्रस्तुति गरेका छन । दावा शेर्पा को छम छम ,आँशु झारदिन लगायत धेरै गीतमा संगीत दिई सकेका छन् भने उनका थुप्रै चर्चित गीतहरु रहेका छन् 

नेपाली संगीत उद्योग मै सवै भन्दा धेरै संगीत भिडियोहरु सफल निर्देशन गरेका भिडियो निर्देशक प्रशन्न पौडेलको क्यामरा तथा निर्देशन रहेको छ । गीतमा अभिनयको भूमिकामा प्राप्ति तथा प्रख्यात मोडल (प्रतिमान) विवेक रहेका छन् ।

विवेक यहि गीतको लागि नेपाल बाट अमेरिका आएका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com