नक्कली अध्यागमन एजेण्ट बनेर न्युयोर्कमा रकम असुल्दै ठग


प्रकाशित मिति : फाल्गुन ४, २०७३ बुधबार

न्युयोर्कको क्वीन्स क्षेत्रको सन्नीसाइड र उडसाइड क्षेत्रमा नक्कली इमिग्रेशन एजेण्ट बनेर ठगहरुले कागजत्रपत्रबिहिनहरुलाई तसाउन थालेको सन्नीसाइड पोष्टले समाचार प्रकाशित गरेको छ ।

कैयन ठगहरुले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका जस्तै कपडा लगाएर कागजपत्रबिहिनहरुसँग रकम मागेको र रकम नदिए डिपोर्ट गरिदिने भन्दै तर्साएको जनाइएको छ ।

काउन्सिलम्यान जिम्मी भ्यान ब्रामेरका अनुशार उडसाइड क्षेत्रमा यसरी ठगहरुले रकम असुलेका रिपोर्टहरु प्राप्त भएका छन् । यसरी भइरहेका ठगीबाट सर्वसाधारणहरुलाई सचेत गराउन आज बेलुका ५ बजे ६५ स्ट्रीट र रुजभेल्ट एभिन्युमा र्याली निकाल्ने तयारी भइरहेको छ ।

नक्कली इमिग्रेशन एजेण्ट बनेर रकम असुलेका रिपोर्टहरु आएको र रकम नदिए पक्राउ गर्ने भन्दै चेतावनी दिइएको काउन्सिलम्यानका प्रवक्ताले जनाएकी छिन् । यस्ता ठगहरुबारे न्युयोर्क पुलिस डिपोर्टमेन्ट, क्वीन्स डिस्ट्रिक्ट अटोर्नी र अटोर्नी जनरल अफ स्कामलाई जानकारी गराइसकिएको छ ।

केहीदिन यता न्युयोर्कका विभिन्न क्षेत्रमा अध्यागमनको छापा चलिरहँदा ठगहरुले नक्कली एजेण्ट बनेर फाइदा उठाउन थालेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com