प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी सर्वेन्द्र खनाललाई


प्रकाशित मिति : फाल्गुन ३, २०७३ मंगलबार

डीआईजी हेमन्त मल्लले अवकाश पाएपछि खाली भएको नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी जिम्मेवारी एसएसपी सर्वेन्द्र खनाललाई दिइएको छ ।

आइजीपी सचिवालयमा डीआइजी पद पनि रिक्त भएपछि एसएसपी खनाललाई नै प्रवक्ता तोकिएको हो । महानगरीय अपराध महाशाखाका प्रमुख रहँदा विशेष चर्चा कमाएका एसएसपी सर्वेन्द्र खनालले बिरगञ्जमा कार्यरत रहँदा समेत निकै उल्लेखनीय कामहरु गरेका थिए ।

अपराध महाशाखामा डेढबर्षभन्दा धेरै प्रमुख भएर कार्यरत रहँदा सर्बेन्द्र खनालले गुण्डागर्दी लगायतका अपराध नियन्त्रणमा ठूलो सफलता हासिल गरेका थिए । खनालले अपराध नियन्त्रणमा देखाएको कार्यकुशलताका कारण उनी चर्चाको शिखरमा रहे ।

अपराध महाशाखामा जानका लागि आधा दर्जन एसएसपीबीच तछाडमछाड भइरहेका बेला नारायणी अञ्चलमा प्रमुख भएर तस्करीसँगै अपराध नियन्त्रणमा सफलता पाएका खनालले अपराध महाशाखामा प्रमुखको जिम्मेबारी पाएका थिए ।

अपराध महाशाखामा रहँदा गुण्डागर्दी नियन्त्रणमा सर्बेन्द्रको भूमिका उल्लेखनीय रह्यो । उनले चर्चित गुण्डा र उनीहरुका नायिकेहरुलाई तह लगाए । मष्ट वान्टेड सूचिका गुन्डा नाइके कुमार घैंटेलाई इन्काउन्टर गर्ने खनालको काठमाडौ आएपछिको पहिलो ठूलो सफलता थियो ।

राष्ट्रिय खेलाडीहरूलाई नियन्त्रणमा लिनु अरुका लागि असम्भव देखिएको थियो भने उनले जिम्मेवारी समालेको केही महिलाभित्र गरेर देखाए । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमामा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो ।

नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिवलाई भ्यालखानको बाटो देखाइ दिए । उद्यमी जमिम शाहको हत्यारालाई खनालले नै पक्राउ गरे । महासाखामा जिम्मेवारी लिएर आएको एक हप्तामै उनले हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए ।

त्यस्तै ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै एसएसपी खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई एसएसपी खनालकै टोलीले पक्राउ गरेर देखायो ।

अवैध रुपमा सञ्चालन भएका कन्सलटेन्सी पनि उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोलेको थियो ।

विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे ।

यसरी सफल प्रहरी अधिकृतका रुपमा परिचित सर्बेन्द्र खनाल प्रवक्तामा नियुक्त भएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com