प्रहरीमा आँच आउने काम नगर्न निमित्त प्रहरी प्रमुख पोखरेलको निर्देशन


प्रकाशित मिति : फाल्गुन ३, २०७३ मंगलबार

नेपाल प्रहरीका निमित्त प्रमुख डा.दिनेशचन्द्र पोखरेलले प्रहरीको साख गिर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका छन् ।

निमित्त प्रहरी महानिरीक्षको जिम्मेवारी सम्हालेको पहिलो दिन पोखरेल मंगलबार दिउँसो महानगरीय प्रहरी आयुक्तको कार्यलय रानीपोखरी पुगेका थिए ।

पोखरेलले ‘म डाक्टर मान्छे परिस्थितिले यो अवस्थामा ल्यायो, म भन्दा तपाइँहरुलाई प्रहरीको बारेमा धेरै जानकारी छ, मेरो कार्यकाल भरी प्रहरीमा आँच आउने काम नहोस् भनी’ निर्देशन दिएको जनाईएको छ ।

कानुन अनुसार गर्नु पर्ने काममा कुनै पनि सम्झौता नगर्न पनि निमित्त आईजीपी पोखरेलले निर्देशन दिएका छन् ।

सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । तर, सर्वोच्चले यो निर्णय कार्यान्वयनमा अन्तरिम रोक लगाएपछि सरकारले सोमबार साँझ मात्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com