११ राज्यमा इमिग्रेशनको छापा, पक्राउ पर्नेहरु एकसातामै ६ सय


प्रकाशित मिति : फाल्गुन २, २०७३ सोमबार

इमिग्रेशनको छापामा एकसातामा ६ सय जना पक्राउ परेको पुष्टी भएको छ । अमेरिकाभरका ११ वटा राज्यबाट कम्तीमा ६ सय जना पक्राउ परेको र पक्राउ परेकाहरुमध्ये ४० जना न्युयोर्क सिटीका रहेको न्युयोर्क टाइम्सले जनाएको छ ।

पक्राउ परेकाहरु कुनै न कुनै किसिमले अध्यागमन कानुनको उल्लंघन गरेकाहरु रहेको अधिकारीहरुको दावी छ । आफूहरु वालमार्टमा काम गर्नेको कागजात परिक्षण गर्न नजाने र कसलाई आफूहरुले खोजिरहेको भन्नेमा आफूहरु स्पष्ट रहेको अधिकारीहरुले बताएका छन् ।

इमिग्रेशनको छापामा लस एन्जलस क्षेत्रमा ६०० जना पक्राउ परेको जनाइएको छ । लस एन्जलसमा समातिएकाहरुमध्ये ३७ जनालाई शुक्रबार राती नै अमेरिकाबाट देशनिकाला गरिसकिएको आइसका अधिकारी डेभिड मरिनले जनाएका छन् । थप दुईसय जना नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा पक्राउ परेका छन् ।

त्यस्तै २ सय जना इलिनोय, इन्डियाना, कन्सास, केन्टकी, मिजौरी र विसकन्सिनमा पक्राउ परेका छन् । यसै साता क्वीन्सको ज्याक्सनहाइटमा इमिग्रेशनले छापा मारिरहेको भन्ने खबर भने गलत भएको पुष्टी भएको छ ।

अपराधीहरुलाई निशानामा राखेर घरहरु र कामगर्ने स्थानहरुमा छापा मारिएपनि आपराधिक रेकर्ड नभएका कैयन कागजपत्रबिहिनहरुलाई पनि नियन्त्रणमा लिइएको छ । असाध्यै सानातिना अपराध गरेका वा आपराधिक रेकर्ड नभएकाहरुलाई पनि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले निशाना बनाएपछि अमेरिकामा रहेका कागजपत्रबिहिनहरुमा त्रास फैलिएको छ । राष्ट्रपति ट्रम्पले कम्तीमा ३० लाखलाई देशनिकाला गर्ने लक्ष्य बनाएका छन् ।

टेक्सासका डेमोक्रेटिक संसद जोवाक्वीन क्यास्ट्रोले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको सान अन्टोनियो अफिसले साउथ र सेन्ट्रल टेक्सासमा केन्द्रीत गरेर ‘अपरेशन क्रस चेक’ संचालन गरिरहेको पुष्टी गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com