क्यालिफोर्नियाको ओरोभिल क्षेत्रबाट हट्न पौने दुईलाख व्यक्तिलाई चेतावनी


प्रकाशित मिति : फाल्गुन २, २०७३ सोमबार

क्यालिफोर्नियाको ओरोभिल बाँधको आपतकालिन निकाश क्षतिग्रस्त भएपछि त्यसक्षेत्रका १ लाख ८० हजार व्यक्तिलाई अन्यत्रै सर्न चेतावनी दिइएको छ । अमेरिकाको सबैभन्दा अग्लो बाँध क्षतिग्रस्त भएपछि सम्भावित बाढीका कारण त्यसक्षेत्र आसपासका बासिन्दाहरुलाई अन्यत्रै सरेर त्यो क्षेत्रलाई खाली गर्न भनिएको हो ।

७७० फिट अग्लो यो बाँध आफैमा सम्पूर्णरुपमा क्षतिग्रस्त हुने सम्भावना नभएपनि आपतकालिन निकाशमा क्षति पुगेकाले त्यसबाट पानीको ठूलो हिस्सा झरेर बाढी आउनसक्ने चेतावनी दिइएको छ । पचास बर्षको इतिहासमा नै यस्तो आपतकालिन अवस्था आएको बताइएको छ । ओभरफ्लो च्यानलका रुपमा चिनिने बाँधको एउटा मुख्य निकाशमा क्षति पुगेको हो ।

पानीको सतह बढेपछि बाँध निर्माण भएको सन् १९६८ यताकै पहिलोपटक बाँधको आपतकालिन निकाश पहिलोपटक सकृय भएको हो । यद्यपी दोश्रो निकाशपनि क्षतिग्रस्त भएको पाइएको छ । तालको सतहलाई कमगर्न प्रतिसेकेण्ड एकलाख क्युबिक फिटसम्म पानी मुख्य निकाशबाट बाहिर फ्याक्ने प्रयास भइरहेको क्यालिफोर्निया जलश्रोत विभागले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com