सिलवाल बन्दै कार्यवाहक आईजीपी


प्रकाशित मिति : फाल्गुन २, २०७३ सोमबार

आइजी उपेन्द्रकान्त अर्यालले आज अवकाश पाएसँगै डिआइजी नवराज सिलवालले कार्यवाहक आइजीको जिम्मेवारी पाउने भएका छन् ।

आज(सोमबार) अपराह्न प्रहरी प्रधान कार्यालयमा आइजी अर्यालले सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी सुम्पिने गृह स्रोतले जानकारी गरायो ।

सिलवाललाई कार्यवाहक जिम्मेवारी दिएपछि आइजी अर्याल र बहाल भएका सबै एआईजीहरुले प्रहरी सेवाबाट आजैदेखि अनिवार्य अवकाश पाउँदै छन् ।सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी दिने कार्यक्रममा प्रहरीका सबै वरिष्ठ अधिकृतहरु उपस्थित हुने भएका छन् ।

यसअघि आइतबारको मन्त्रीपरिषद्ले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्ति गर्ने निर्णय गरेपनि त्यसको केही घण्टामै सर्वोच्च अदालतले चन्दलाई आइजी नबनाउन सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अन्नपूर्णबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com