डीसी राजधानी मन्दिरमा भव्यताको साथ श्रीस्वस्थानी व्रतकथा सम्पन्न


प्रकाशित मिति : फाल्गुन १, २०७३ आईतबार

 

विजय थापा,वाशिंगटन डीसी

फेब्रुअरी ११ ,अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थित राजधानी मन्दिरमा हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा पूजा आजा गरी समापन गरिएकाे छ।उक्त श्रीस्वस्थानी व्रतकथा समापनमा डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदायका श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो l उक्त मन्दिरका पण्डित मोती लाल शर्माले श्रीस्वस्थानी व्रतकथा सम्बन्धि छोटो प्रवचन दिएका थिए l

यसै गरि उक्त समापनमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) को पनि सहभागीता रहेको थियो l राजदुत कार्कीले छोटो मन्तब्य दिदै आस्थाको साथ गरिने पूजा अर्चना गर्न मन्दिरमा आएर र राजधानी मन्दिरले साथ दिएर आफ्नो धर्म ,संस्कृति र परम्परालाई निरन्तरता दिएकोमा नेपाली समुदाय ,मन्दिर ,पण्डित मोतीलाल शर्मा तथा मन्दिर संचालक समिति लाई धन्यवाद दिए l

राजधानी मन्दिर पहिलो पटक आएका नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) तथा श्रीमती कार्कीलाई समेत दोसल्ला ओडाएर सम्मान आयोजक समितिले गरेको थियो lश्रीस्वस्थानी व्रतकथा को एकतीस अध्याय रहेको सो कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक स्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । भजन किर्तन को साथै नेपाली समुदायले सेल रोटि ,खीर ,अचार ,तरकारी तथा अन्य परिकारका सामग्री घर घरमा बनाई भक्तजनलाई खुवाएका थिए l

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com