नयाँ शक्ति भोलीबाट संसदमा


प्रकाशित मिति : फाल्गुन १, २०७३ आईतबार

चुनावै नलडेको नयाँ शक्ति पार्टी नेपाल भोलिबाट संसदमा सहभागी हुने भएको छ ।  नयाँ शक्ति पार्टी नेपाल  केन्द्रीय कार्यलयले दिएकाे अानकारी अनुसार नयाँ शक्ति र थरुहट तराई पार्टी लोकतान्त्रिकबीच सोमवार एकता भेला हुने भएकाे छ । भेला भोली दिउँसो दुई बजे पार्टी मुख्यालय बबरमहलमा हुनेछ ।
थरुहट तराई पार्टी लोकतान्त्रिबाट गंगा चौधरी सांसद छिन् । उनी नयाँ शक्तिमा आएपछि पार्टी स्वत संसद सचिवालयमा दर्ता हुनेछ ।
गत जेठ अन्तिममा बाबुरामको नेतृत्वमा नयाँ शक्ति गठन भएको थियो । माओवादी परित्याग गर्ने निर्णयसँगै बाबुरामले आफ्नो सांसद पदबाट पनि राजीनामा गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com