बाथ मुटुरोगीको भल्व र शल्यक्रिया आजदेखि निःशुल्क


प्रकाशित मिति : फाल्गुन १, २०७३ आईतबार

बाथ मुटुरोगीको भल्व र शल्यक्रिया निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको घोषणा आजदेखि लागु हुन लागेको छ ।  शहीद गंगालाल हृदय केन्द्रको बार्षिकोत्सवका अवसरमा गत माघ १५ गते स्वास्थ्य मन्त्री गगनकुमार थापाले गर्नु भएको घोषणा आजदेखि लागु हुन लागेको हो ।

नेपालमा मुटु रोगको समस्या बढ्दै गएको बाथ मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गरिएको उहाँले बताउनु भएको छ ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आजदेखि यो सेवा निःशुल्क पाईनेगरी तयारी पुरा भईसकेको मन्त्रालयले जनाएको छ ।

‘ग्रुप ए बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकस’ नामक व्याक्टेरियाले घाँटीमा संक्रमण गरेपछि बाथ मुटुरोग लाग्छ । ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो लगायतका लक्षण देखिने चिकित्सकहरुको भनाई छ । वाथ ज्वरोले मुटुको भल्भलाई असर गरेपछि हुने संक्रमणलाई वाथ मुटुरोग भनिन्छ ।

वाथ ज्वरो वा वाथ मुटुरोग लागेकाहरुको भल्भहरू खुकुलो वा साँगुरो हुने भएकाले मुटु भित्रको रक्त प्रवाहमा वाधा पुग्छ । फलतः बिरामीलाई हिँड्दा वा थोरै काम गर्दा पनि स्वाँ–स्वाँ हुने, थकाई लाग्ने, मुटु हल्लिने र दम बढ्ने चिकित्कहरुले जानकारी दिएका छन् ।
यस्तो लक्षण देखिने वित्तिकै स्वास्थ्य परिक्षण गर्न चिकित्सकहरुले सल्लाह दिने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com