पुनरावेदनमा ट्रम्पको पराजय, अदालती निर्णयको पूर्णपाठ


प्रकाशित मिति : माघ २८, २०७३ शुक्रबार

यात्रा प्रतिबन्ध लगाउने कार्यकारी आदेश कार्यान्वयनको माग गर्दै ट्रम्प प्रशासनबाट हालिएको पुनरावेदन अस्वीकार भएको छ । नाइन्थ सर्किट कोर्टले कार्यकारी आदेश कार्यान्वयनको माग गर्दै हालिएको पुनरावेदन एकमतले अस्वीकार गरेको हो ।

संघीय न्यायाधिसले यात्रा प्रतिबन्ध सम्बन्धि ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाउने आदेश दिएपछि ट्रम्प प्रशासन त्यसका बिरुद्ध पुनरावेदन गएको थियो । अदालतले कार्यकारी आदेश कार्यान्वयनका निरन्तरताको माग गर्दै ट्रम्प प्रशासनले हालेको पुनरावेदन अस्वीकार गरेपछि कार्यकारी आदेश कार्यान्वयनमा रोकले निरन्तरता पाउने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अब अदालतमा भेट हुने भन्दै ट्वीट गरेका छन् । ट्रम्प प्रशासनको पुनरावेदन अस्वीकृत भएपछि अब यो मुद्दा सर्वोच्च अदालतमा पुग्ने देखिएको छ ।

अदालती निर्णयको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com