कार्यकारी आदेश कार्यान्वयनको माग गर्दै ट्रम्प प्रशासनबाट हालिएको पुनरावेदन अस्वीकार


प्रकाशित मिति : माघ २८, २०७३ शुक्रबार

 

कार्यकारी आदेशको कार्यान्वयनको माग गर्दै ट्रम्प प्रशासनले हालेको पुनरावेदनका विपक्षमा फैसला भएको छ । पुनरावेदन अस्वीकार हुनुलाई ट्रम्प प्रशासनको पराजयका रुपमा हेरिएको छ ।
संघीय न्यायाधिसले यात्रा प्रतिबन्ध सम्बन्धि राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प प्रशासन कार्यकारी आदेश लागु गर्न पाउनुपर्ने माग गर्दै पुनरावेदन गएको थियो । पुनरावेदन अदालतका तीनवटा न्यायाधिसको इजलासले निर्विरोध रुपमा कार्यकारी आदेशको विपक्षमा आदेश दिएको छ । जसका कारण ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा रोकले निरन्तरता पाएको छ ।

नाइन्थ सर्किटको आदेशलाई डिपार्टमेन्ट अफ जस्टिले पुनरावलोकन गर्ने बताइएको छ । पुनरावेदनको रुलिंगपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा भेटौंला भन्दै ट्वीट गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com