टीपीएस लिनेमा नेपाली विश्वमै चौथो


प्रकाशित मिति : माघ २७, २०७३ बिहीबार

अमेरिकाको कँग्रेसका लागि रिपोर्ट तयार गर्ने कँग्रेशनल रिसर्च सर्भिसले ताजा रिपोर्ट प्रकाशित गर्दै विश्वका मुलुकहरुमा अमेरिकामा टीपीएस लिनेमा नेपालीहरु चौथो नम्बरमा रहेको सार्वजनिक गरेको छ । टीपीएस लिने नेपालीहरुको संख्या ८ हजार ९ सय ५० रहेको रिपोर्टमा जनाइएको छ ।

नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुलाई अस्थायी रुपमा संरक्षण प्रदान गर्ने टीपीएस दिने घोषणा गरेको थियो । जसको अवधि सन् २०१८ को जुन २४ मा सकिदैछ ।

रिपोर्टको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोला । 

रिपोर्ट अनुशार टीपीएस लिनेहरुमा नेपालीहरु विश्वमै चौथो नम्बरमा रहेका छन् । सबैभन्दा धेरै एल साल्भाडोरका नागरिकले अमेरिकामा टीपीएस लिएका छन् । सन् २००१ को फरबरी १३ भन्दा अगाडि अमेरिका आएका एल साल्भाडोरका १ लाख ९५ हजारले टीपीएस लिएका छन् । टीपीएस लिने दोश्रो नम्बरमा होण्डुरसका नागरिकहरु छन् । होण्डुरसका ५७ हजारले टीपीएस लिएका छन् भने तेश्रो नम्बरमा हैटीका ५० हजारले टीपीएस लिएका छन् ।

चौथो नम्बरमा रहेको नेपालपछि टीपीएस लिने पाँचौं नम्बरमा सिरियाका ५ हजार ८ सय, छैठौं नम्बरमा निकारागुवाका २५ सय ५० र सातौं नम्बरमा लाइबेरियाका २१६० जना रहेका छन् । आठौं नम्बरमा सिरिया लियोनका ११ सय ८० जना, नवौं नम्बरमा यमनका १ हजार र दशौं नम्बरमा गायनका ९३० जना रहेका छन् ।

सबैभन्दा थोरै टीपीएस लिनेहरु सुडानका ४ सय ५० जना, सोमालियाका २७० जना र साउथ सुडानका ७५ देखि २ सय जनासम्म रहेका छन् ।

टीपीएस प्राप्त गरिसकेपछि कागजपत्रबिहिन नेपालीहरुले अमेरिकामा काम गर्ने वर्क परमिट प्राप्त गरेका छन् भने कतिपय नेपालीहरु अग्रिम जमानी अर्थात् एड्भान्स परोलमार्फत नेपाल भ्रमण गरेर समेत फर्किसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com