राजधानीमा मानवस्वास्थ्यमा पर्ने असर कहाली लाग्दो


प्रकाशित मिति : माघ २६, २०७३ बुधबार

अवतार राई / धेरै समय भईसक्यो उपत्यकावासीेले सफा निलो आकाश हेर्न नपाएको । राजधानी बासीले धुवा धुलो हिलो मैलोको नियति भोग्न थालेको लामो समय भईसक्यो । सडकको क्षमता भन्दा अत्यधिक सवारी साधन र पुराना सवारीसाधनले फाल्ने धुवा र बिकास निर्माणका क्रममा निष्कने धुलो यसको मुख्य कारण हुन् ।

त्यो सगै काठमांडौमा मेलम्चिको पानी विस्तारका लागि खनिएका खाल्डावाट निक्लिएका धुलो, सडक भत्किएर निक्लने धुलो, औद्योगिक कलकारखानावाट निक्लिएका धुलो धुवाका कारण काठमांडौको आकाश सधै धुलाम्य नै भईरहन्छ । वातावरण दुषित हुदा मानवस्वास्थ्यमा पर्ने असर यो भन्दा कहालि लाग्दो छ ।

यो कहाली लाग्दो समस्या नियन्त्रण गर्न सम्वन्धित निकायले तदारुकता देखाएको छैन । जनसंख्या तथा वातावरण मन्त्रालय मार्फत वातावरण विभागले वायु प्रदुषणको अवस्था मुल्याङकन गर्दै न्युनिकरणका लागि काम भैरहेकोे विभागका प्रवक्ता शंकर प्रसाद पौडेलको भनाई छ ।

प्रदुसणको समस्या विशेष गरि विकाशोन्मुख मुलुकमा प्रमुख रुपमा देखिने भएपनि विकाशसिल राष्ट्रको पनि मुख्य समस्या हो । विशेष गरि वढ्दो सहरिकरण र औद्योगिक विकासका कारण वातावरणिय असर भने दिन दो गुणा रात चौ गुणका दरले वढिरहेको देखिन्छ । यसलाई अध्ययन र मुल्यांकन गरि न्युनिकरणका लागि विश्वमा सन् १९७० को दशकमा नै संयुत्त राज्य अमेरिकामा वातावरणिय प्रभाव मुल्यांकनको थालनी गरिएको थियो ।

यसलाई मध्यनजर गरि नेपालमा विंसं २०५० मा राष्ट्रिय योजना आयोगले राष्ट्रिय वातावरणिय प्रभाव मुल्यांकन निर्देशिका जारी गरेपश्चात विकास कार्यहरुमा वातावरणिय प्रभाव मुल्याकंन बिषयले प्रवेश पाएको थियो । वातावरण प्रदुषणको असर र यसको न्युनिकरणको प्रयासका लागि २०५२ सालमा जनसंख्या तथा वातावरण मन्त्रालयको स्थापना तथा वातावरण संरक्षण ऐन ०५३ र वातावरण संरक्षण नियमावली ०५४ जारी गरि नीतिगत रुपमा काम सुरु भएको हो ।

यो व्यवस्था अन्तर्गत वातावरणमा उल्लेखनिय प्रभाव पार्ने किसिमको आयोजना कार्यन्वयन गर्नुपुर्व वातावरणिय प्रभाव मुल्याकंन गरि प्रतिवेदन अनिवार्य रुपमा स्वीकृत गरे पश्चात मात्र कार्यन्वयनमा जानुपर्ने व्यवस्था रहेको छ । यसरी वातावरणिय प्रभावमुल्यांकन प्रतिवेदन स्वीकृत नगराई आयोजना सन्चालन गरेको पाईएमा दण्ड सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ । तर नीतिगत रुपमा भएको व्यवस्थाको कार्यन्वयनमा समस्या र सरोकारवालाको लापरबाहीका कारण वातावरणमा यसको असर बिग्रंदै गएको छ ।

विभागले अहिले उपत्यकामा ३ वटा र  उपत्यका वाहिर २ वटा वातावरणिय प्रदुषण मापन गर्ने स्टेशन नै स्थापना गरि यसको मापन गरिरहेको छ । यसले दैनिक रुपमा वातावरणमा हुने सवै किसिमका प्रदुषणको मात्रा देखाउने गर्छ ।
हाल रत्नपार्क, धुलिखेल , पुल्चोक , लुम्विनि र चितवनमा सन्चालनमा रहेको स्टेशनले त्यस वरपरका वातावारणमा देखापरेका प्रदुषणको मात्रा र अवस्था देखाउने छ ।

यसको आधारमा विभागले अगाडीका कार्यक्रमहरु सन्चालन गरिरहेको छ । उद्योगधन्दा सन्चालन गर्नेहरुलाई प्रदुशण न्युनिकरण गर्न गराउन बिभिन्न समयमा अन्तकृया गर्ने काम गर्दै आएको छ । साथै सडक व्यवस्थापनमा सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउने लगायतका काम विभाग मार्फत भईरहेको छ । प्रदुषण दैनिक रुपमा बढिरहेको अवस्था बिभाग एक्लैले गरेको प्रयास पर्याप्त हुन सकेको छैन । सरकारी निकायले गरेको पहलमा निजी क्षेत्रले तत्काल सहकार्य नगरे देशको राजधानी प्रदुशणकै कारण अन्तराष्ट्रिय स्तरमा समेत बेइजती हुन सक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com