अमेरिकालाई संवैधानिक संकट नजिक लैजादै राष्ट्रपति ट्रम्प !


प्रकाशित मिति : माघ २३, २०७३ आईतबार

सम्मानित न्यायालयको आदेशको विपक्षमा अभिव्यक्ति दिनुका साथै न्यायाधिसको मानमर्दन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अभिव्यक्ति दिएपछि अमेरिका संवैधानिक संकटको बाटोमा अगाडि बढेको छ । ट्रम्पले संघीय न्यायाधिसको अपमान गर्दै दिएको अभिव्यक्तिले न्यायिक स्वतन्त्रतालाई कमजोर बनाएको विश्लेषण गरिएको छ ।

शियाटलका संघीय न्यायाधिसले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा देशब्यापी रोक लगाएपछि अत्यन्तै आक्रोशित बनेका राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत संघीय न्यायाधिसमाथि व्यक्तिगत आक्रमण गरेका थिए । संघीय न्याधिसले सातवटा देशका नागरिकमा लगाइएको भिसा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा रोक लगाएका थिए ।

रिपब्लिकन राष्ट्रपतिले नियुक्त गरेका न्यायाधिसले यस्तो रोक लगाएपछि आक्रोशित ट्रम्पले न्यायाधिसलाई कथित न्यायाधिसको संज्ञा दिदै कथित न्यायाधिसको धारणाले देशबाटै आधारभूत कानुन कार्यान्वयनमा अवरोध ल्याएको र यसलाई उल्टाइने बताएका थिए । राष्ट्रपतिबाट यस्तो प्रतिकृया आउनुले न्यायालयको स्वतन्त्रतामा हनन हुनुका साथै अमेरिका संवैधानिक संकटतर्फ अगाडि बढ्नसक्ने संविधानविदहरुले चेतावनी दिएका छन् ।

ह्वाइट हाउसले वक्तब्य जारी गर्दै न्यायाधिसको आदेशलाई निकृष्टको संज्ञा दिएको थियो । तर पछि वक्तब्य सच्याउँदै निकृष्ट शब्द हटाइएको थियो । तर ट्रम्पले भने न्यायाधिसको आदेश हास्यास्पद र भयानक भन्दै दिनभर ट्वीट गरेका छन् । न्यायाधिसको निर्णयले खराब र खतरानक मान्छेहरु अमेरिका छिर्नसक्ने भन्दै न्यायाधिसले अमेरिकालाई संभावित आतंकवादीका लागि खुल्ला गरेको आरोप लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com