डोनाल्ड ट्रम्पले शरणार्थी कार्यक्रम रद्द गर्ने


प्रकाशित मिति : माघ १२, २०७३ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बर्षौदेखि संचालन गर्दै आएको शरणार्थी कार्यक्रम रद्द गर्ने ह्वाइट हाउसका अधिकारीले जनाएका छन् । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुशार यसै साता नै कानुनी आप्रवासीहरुप्रति ट्रम्पको नीति लक्ष्यित हुने जनाइएको छ ।

विश्वमा संवेदनशिल अवस्थामा रहेका व्यक्तिलाई शरणप्रदान गर्ने दशकौं पूरानो कार्यक्रमलाई ट्रम्पले रद्द गर्ने र त्यसको साटो असाध्यै सिमित खालको प्रकृया सुरु गर्ने जनाइएको छ । जाँच प्रकृया पनि असाध्यै कडा र समृद्ध बनाइने जनाइएको छ ।

ट्रम्पले अधिकांश व्यक्तिलाई अमेरिकामा शरणलिनबाट प्रतिबन्ध लगाउनेगरी आदेश दिने र सिरिया, मध्यपूर्वका देशहरु तथा अफ्रिकन मुलुकका नागरिकका भिसा खारेज गर्न आदेश दिने तयारी गरिरहेको रोयटर्सले जनाएको छ । यस्तो प्रतिबन्ध अस्थायी खालको हुनसक्ने जनाइएको छ ।

यसैबीच अमेरिकाले विदेशमा संचालन गरेका जेलहरु पुन खोल्ने सन्दर्भमा ट्रम्पले जाँचबुझ गरिरहेको एउटा छुट्टै आदेशको ड्राफ्ट सर्कुलर प्रशासनमा पठाइएको जनाइएको छ । ओबामा अमेरिकी राष्ट्रपति हुनासाथ कालकोठरीका रुपमा परिचित त्यस्ता जेलहरु सन् २००९ मा नै बन्द गर्न आदेश दिएका थिए । एउटा अर्को छुट्टै कार्यकारी आदेशको ड्राफ्ट समेत बनाइएको छ जसले मुस्लिम ब्रदरहुडलाई आतंकवादी संगठनको सुचीमा राख्नेबारे जाँचबुझ गर्न विदेशमन्त्रीलाई आदेश दिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com