यसरी हाल्नुहोस् तेरियालाई अनलाइन भोट


प्रकाशित मिति : माघ २, २०७३ आईतबार

 

डीआइडी लिटिल मास्टर्स सेसन ३ की विजेता तेरिया फौजामगर भारतीय टेलिभिजन च्यानहरूबाट प्रसारण हुने डान्स रियालिटी शोहरुमध्ये सर्वाधिक राशीको झलक दिखलाजा सिजन ९ को फाइनलमा पुगेकी छिन् । उपाधिको नतिजाका लागि जनवरी १४ तारिखदेखि अनलाइन र एसएमएस भोटिङ खुल्ला भइसकेको छ भने १९ जनवरी राती ९ बजेसम्म जारी रहनेछ ।
कलर्स टेलिभिजनबाट प्रसारण हुने यो रियालिटी शोमा डान्स सेलिब्रेटीहरुबीच मात्र प्रतिष्पर्धा हुन्छ । तेरिया डिआईडी लिटिल मास्टर्स २०१४ की विजेता भएकाले झलक दिखलाजामा प्रवेश पाएकी हुन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गर्ने यो प्रतियोगिता विजेताले नगद भारू ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछन् । गत जुलाइमा प्रारम्भ भएको यो प्रतियोगितामा १२ जोडी (पुरुष र महिला) डान्स सेलिब्रेटी छनोट भएका थिए ।

तेरियालाई अनलाइनबाट भोट हाल्न यहाँ क्लिक गर्नुहोला । 

तेरियासहित ५ जना जुनियर अक्टुबर ८ तारिखमा ‘च्यालेन्जर’का रूपमा प्रवेश गरेका थिए । प्रवेश गरेको दुई हप्तामै उनीहरू २२ अक्टुबरमा प्रतियोगिताबाट बाहिरिए । २६ नोभेम्बरमा तेरियासहित अन्य तीन जना जुनियरले ‘वाइल्ड कार्ड’ मार्फत प्रतियोगितामा पुनस् प्रवेश पाए, जसमध्ये दुई जना पुन ‘आउट’ भए ।

तेरियाले भने आफ्नो विलक्षण प्रतिभामार्फत निर्णायकको मन जित्दै सर्वा्धिक अंकसहित उपाधिको दावेदारका रूपमा आफूलाई उभ्याइन् । सेमिफाइनलबाट फाइनलसम्म आइपुग्दा तेरियाले आफूभन्दा सिनियर र नृत्यमा अग्रणी मुम्बईका दुई हस्तीलाई उनीहरूकै भूमिमा पछि पार्दै आफूलाई पहिलो नम्बरमा राख्न सफल भइन् । निर्णायकहरूले तेरियाको अतुलनीय आत्मविश्वास र विलक्षण नृत्य कलाको मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् । यो प्रतियोगिताका निर्णायकमा करण जोहर, फराह खान, ज्याकलिन फर्ना्न्डिज तथा गणेश हेज छन् ।

तेरियाले बुटवलको बागेश्वरी संगीतालयमा नृत्य सिक्ने क्रममा डीआईडी लिटिल मास्टरमा भाग लिएर ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी थिइन् । १४ वर्षीया तेरिया हाल मुम्बईमै रहेर कक्षा ८ मा अध्ययनरत छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com