खसोखास अब ‘साप्ताहिक म्यागेजिन’


प्रकाशित मिति : माघ २, २०७३ आईतबार

न्युयोर्कबाट सन् २०१२ देखि प्रकाशन हुँदै आइरहेको नेपाली भाषाको साप्ताहिक पत्रिका खसोखास अब ‘साप्ताहिक म्यागेजिन’का रुपमा प्रकाशित हुने भएको छ ।

छैठौं बर्ष प्रवेशको अवशरमा खसोखास आगामी सातादेखि ‘साप्ताहिक म्यागेजिन’का रुपमा प्रकाशन हुन लागेको हो । खसोखास सम्भवत नेपालबाहिरबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो म्यागेजिन हुनेछ ।

ट्याब्लोइड साइजमा प्रकाशन हुँदै आइरहेको खसोखास साप्ताहिकले म्यागेजिन शैलीमा रुपान्तरण गर्नुलाई एउटा ‘फड्को’का रुपमा लिएको छ । ‘साप्ताहिक म्यागेजिन’ मूलत नेपाली भाषामा हुने भएपनि यसमा अँग्रेजी भाषाका सामाग्रीहरु पनि समेटिनेछ ।

खसोखास म्यागेजिन अध्यागमन, शशक्तिकरण, नेपाली संस्कृति, कला र पर्यटन प्रवद्र्धन लगायतका विषयमा केन्द्रीत हुनेछ भने खसोखास अनलाइनमार्फत पाठकहरुले तात्तातो समाचारहरु प्राप्त गर्न सक्नेछन् ।

छैठौं बर्ष प्रवेशसँगै खसोखास साप्ताहिकले पछिल्लो प्रविधिको उपयोग गर्दै फेसबुकमा कमजोर इन्टरनेटमा पनि सजिलै खुल्ने ‘इन्स्ट्यान्ट आर्टिकल’, खसोखासको पेजको फेसबुकको मेसेन्जरमा पाठकको कमाण्ड अनुशार समाचार प्राप्त गर्ने ‘मेसेन्जर बोट’, गुगलमा सजिलै खुल्नै ‘एएमपी आर्टिकल’को विकाश गरिसकेको छ ।

खसोखासको वेवसाइट नयाँ स्वरुपमा विकाश गरिएको छ भने मोबाइल फ्रेण्डली बनाइएको छ, जसका कारण खसोखासका अनलाइन पाठकहरु विगतको तुलनामा ह्वात्तै बढेका छन् ।

खसोखास अब ‘साप्ताहिक म्यागेजिन’का रुपमा प्रकाशन हुन लागेको अवशरमा खसोखासलाई यो अवस्थासम्म ल्याउन मद्दत गर्नुहुने खसोखासका पाठक, शुभचिन्तक र विज्ञापनदाताहरुलाई हामी विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

तस्विर : ट्वाबलोइड साइजको खसोखास पढ्दै पाठकहरु । फोटो – अशोक पन्त

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com