यम बुद्धले गरे आत्महत्या, प्रशंसकहरु स्तब्ध


प्रकाशित मिति : माघ १, २०७३ शनिबार

यम बुद्धका नामबाट चर्चित र्यापर अनिल अधिकारीले उत्तरी लण्डनमा रहेको निवासमा आत्महत्या गरेको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ । बीबीसी नेपालीसँग कुराकानी गर्दै पारिवारिक श्रोतले आत्महत्या गरेको जानकारी दिएको समाचारमा जनाइएको छ ।

शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेका थिए । श्रीमतिका साथ लन्डनमा बस्दै आएका उनको मृत्युको थप विवरण प्राप्त भएको छैन भने मृत्युको आधिकारिक कारण पोष्टमार्टमपछि खुल्ने जनाइएको छ । पोस्टमोर्टम बुधबार हुने पारिवारिक श्रोतले जानकारी दिएको छ ।
२९ बर्षीय अधिकारीको नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा आउने क्रममा रहेको थियो । मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत युवा पुस्तामाझ लोकप्रिय छन् । उनको मृत्युको खबरले उनका प्रशंसकहरु स्तब्ध भएका छन् ।

यम बुद्धको  गीत र म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।  

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com