नेपाली ड्राइभरकाे पीडा : पेप्सी खाएर फालेको बाेतलमा पानी पिउँथ्यौँ

झापाका राकेश पाण्डे कृषि फाम बेचेर विदेश जाने निधो गरेँ । कुखुरा र माछा पालन गर्दै आएका पाण्डेको व्यावसाय भने जस्तो हुन नसकेपछि यस्तो निधो गरेका हुन् ।  नेपालमा भन्दा विदेशमा ड्राइभर पेशामा धेरै राम्रो कमाई हुन्छ, भन्ने सुनेका उनले कृषि व्यावसाय छोडेर साउदीमा पुगेँको सुनाउँदै भने ‘कुखुरा फाम खोल्नुभन्दा पहिले डा«इभर पेशामा थिए । नाकाबन्दीले गर्दा व्यावसाय चलेन, राता रात सडकमा पुगेँ,सबै खतम भयो,अनि बिदेश जाने निधो गरेँ ।’

राम्रो कमाउने र साहुको ऋण तिर्ने सपना बोकेर नेपालबाट साउदी उडेका पाण्डेको सपना साउदीकै एयरपोर्टबाटै चँुडिन थाल्यो । साथी मार्फत् काठमाडौंको फजल म्यानपावर कम्पनिबाट ड्राइभर भिसामा राउदी त पुगे तर, सम्झौता अनुसार उनले कुनै पनि सेवा सुविधान  पाएनन् । उनीलाई जनु कम्पनिमा जान भनेर भिसा दिएको थियो, त्यो पनि नक्कली भएकोे उनले बताए ।

जेनतेन २ महिना त काम गरे त्यसपछि उनले सम्झौता अनुसारको तलब नपाएको कुरा उठाए । त्यसपछि उनी माथि मानसिक यातना सुरु भयो । कम्पनी मालिकले मानसिक तनाब दिन थालेपछि सो कुरा उनले समाजिक सञ्जालमा लेखे । विदेश जानुभन्दा पहिले भएको सम्झौतामा उनले हरेक महिना १८ सय तलब पाउने भनिएको थियो तर, उनले जम्मा  १ हजार रुपैयाँ मात्र पाएँ । उनले भने ‘तलब भनेजति पाईन तर,जति दिन विदेशमा बिताए ति सबै दिन गाडी मै सुतेर बिते । पैसा कामउन बिदेश पुगेको, म त सडक छाप पो भएँ । न बस्ने ठाउँ, न खाने ठाउँ,कैयौँ दिन सडकमै बिते ।’

उनले फोटोमा पेप्सीको बोतल देखाउँदै भने ‘हामीले खानसँगै पेप्सी खाएको होइन, पानी प्यूनको लागि बनाएको गिलास हो । खाना पकाउने र खाने भाँडा एउटै थियो ।’ उनले खाडी मुलुकमा नेपालीहरुले पाएको दुःख सुनाउँदै जाँदा भने ‘यो सबै राजनीतिक दलहरुको कारण हो । देशमा रोजगारीको वाताबरण भएको भए हामी अर्काको देशमा यस्तो पीडा भोग्नु पर्दैनथ्यो ।’

राकेश पाण्डेले नेपाली डा«इभरले कतारमा भोग्नु परेको सकसका बारेमा समाजिक सञ्जालमा लेखेपछि कम्पनिको बदनाम हुने डरले कम्पनिले उनलाई कुनै पनि नेपालीलाई थाहा नदिने गरी सुतेकै बेला विहान ४ बजे हातमा टिकेट थमाएर एयरपोर्टमा छोडिदियो ।
उनले सुनाए ‘सुतेको थिए । उठाएर लुगा लगाउने समय पनि दिएन । नेपाल आउने हवाई जहाज बेलुका ४ बजे थियो तर, मलाई १२ घण्टा अगाडि  एयरपोर्ट छोडिदियो । कम्पनिमा रहेका अन्य नेपाली डा«इभरले काम गर्दैनन् र कम्पनिको बदना हुन्छ भन्ने डरले मलाई रातारात नै नेपाल फिर्ता पठाएको हो ।’ उनीसँग खानको लागि एक रुपैयाँ पनि थिएन । ‘त्योबेला मैले केही खान पाइन । काम गरेको तलब टिकटमै कम्पनिले कटायो ।’ उनी अर्को दिन १ बजे नेपाल आईपुगे ।

राकेश

खाली हात नेपाल आएका उनले दुई दिनपछि साथीको घरमा राम्रोसँग खाना पाए ।  नेपाली एयरपोर्टबाट साथीको घरमा जान बस भाडा समेत नभएकाले उनी घरसम्म पैदल हिँडेर पुगेका थिए । पाण्डे भन्छन् ‘नेपालको एयरपोर्टबाट बाहिर निस्कदा निकै गाह्रो भयो । साधारण चप्पल र सुत्दा लगाएको टाउजरमा  आएको थिए । त्यसमाथि साथमा बस भाडा थिएन ।’

विदेशमा नेपालीले जति ठूलो समस्या भोगे पनि नेपाल नफर्कने कारण खुलाउँदै भने ‘धेरै नेपाली ड्राइभरले त्यहाँको चालक अनुमति पत्र निकाल्न नसक्दा ५ महिलासम्म बेरोजगार बसेका छन् । खाँदा कम्पनिबाट लिएको ऋण । त्यो तिर्नु पर्यो । त्यसमाथि विदेश जाँदा साहुसँग लिएको ऋण र उनको भएरमा बाँचेका घर परिवारको खातिर  जस्तो सुकै पीडा भएपनि उनीहरु काम गर्न बाध्य छन् ।’
पाण्डेले नेपाल आएपछि आफू ठगिएको कुरा अपराध अनुसन्धान महाशाखा टेकुमा पुगेर सर्बेन्द्र खनाललाई सुनाए । उनले फजल विरुद्ध मुद्धा दर्ता गरे लगत्तै टेकु प्रहरीले कार्वाही अगाडि बढायो ।

उनले खिचेको भिडियो र फोटोहरु प्रहरीलाई  प्रमाणको रुपमा पेस गरेका थिए ।
सर्बेन्द्रको फन्दामा परेको फजलले उनलाई केही पैसा फिर्ता गर्न बाध्य भयो । त्यसपछि राजेशले विदेशमा अलपत्र परेका र म्यानपावर तथा दलालबाट ठगिएका युवाहरुको उद्धारमा लाग्ने अठोट गरेको बताउँदै भने ‘मैले दुःख पाएँ । अरुले यस्तो भोग्न नपरोस् भनेर उद्धार गर्ने अभियानमा जुटेँ ।’ समाजिक क्षेत्रमा लाग्ने निर्णयमा पुगेका  उनले पहिलो पटक लुम्बिनीका टामलाल सापकोटाको कतारबाट उद्धार गर्न पहल गरेका थिए ।  विदेशमा प्यरालाइसिस भएर थला परेका उनको उद्धार गर्न सफल भएपछि आफूले विदेशमा भोगेको दुःख केही कम भएको भनुभूति पाण्डेले सुनाए ।

प्यरालाइसिस भएपछि सापकोटाले गाडी चलाउन सक्ने अवस्था भएन । कम्पनिले पनि खर्च गरेर नेपाल पठाएन । घरबाट पैसा पठाएर सापकोटालाई ल्याउन सक्ने आर्थिक अवस्था थिएन । विदेशमा रहेको बेला आफ्नै आँखाले सापकोटाको पीडा देखेका पाण्डेले उद्धारको लागि एनआरएन त्यहाँका सबै समाजिक संस्थालाई हारगुहार गरेर अनि सापकोटाको उद्धार भयो । सापकोटा अहिले घरमै छन् पाण्डेले भने । लुम्बिनीका सापकोटा पनि ड्राइभर पेशामै विदेश पुगेका थिए । त्यसपछि कतारमा रहेका अर्का नेपाली  डा«इभरको उद्धार पनि उनैको पहलमा भयो । डा«इभर पेशाका लागि भनेर गएका राम आचार्यले घरको काम गर्नु परेको थियो । आचार्यले पनि निकै कम तलबमा काम गरेका थिएन भने समयमा तलब नपाउने र दिनरात घरको काममा घोटिनु परेको थियो ।

यसैगरी पाण्डेको पहलमा नै कैलालीका टीकाराम तिमिल्सिनाको उद्धार भयो । ३३ वर्षका टिकाराम म्यानपावरबाट दोस्रो पटक ठगिन पुगेँ । साथीको साथ लागेर पहिलो पटक निकै दुःख भोगेका उनले दास्रो पटक पनि ठगिएला भन्ने नसोचेको बताए ।
टीकाराम साउदि कतारको जाफर अल्जारी भन्ने कम्पनिमा सानो गाडी चलाउने भनेर भिसा लगाएँ । उनीले मुस्लिम कस्तो हुन्छ भन्ने नजिकबाट नदेखेको बताउँदै भने ‘मैले महिलाले बुर्का लगाएको देख्दा दंग परेँ ।’ उनले कतारको लागि दलाललाई ९० हजार रुपैयाँ दिएका थिए । ‘साथीले मलाई फकाउनका लागि भन्यो, म पनि त्यहीँ कम्पनिमा काम गर्ने हो,हामी सँगै सुत्ने काम गर्ने हो ।’ चिन्ता गर्नु पर्दैन्, तपाईको  जिम्मा लिने म छु ।’

साथीले ‘विदेशमा गएर त्यहाँको चालक अनुपति पत्र निकाल्ने मान्छे पनि म नै हो भन्यो’ मैले विश्वास गरेँ,’ टिकारामले सुनाएँ । उनी नेपालबाट कतार पुगेपछि पानी मात्र पिएर १८ घण्टा साउदीको एयरपोर्टमा बस्नु परेको सुनाएँ ।
विदेशमा उनले २४ घण्टा काम गर्नु पर्ने, विदेशबाट जाहाजमा आएको खाद्यन्न ओसार्नु पर्ने भयो तर ‘सम्झौता अनुसार  कुनै कुरा सुविधान भएन ।’  उनले भोगेको त्यति मात्र होइन, खानको लागि पनि समय हुँदैनथ्यो । कैयौँ दिन एक छाकमै बस्नु पर्यो । काम लगाउनेहरुले मध्यरातमा उठाएर पठाउँथ्यो । खान बस्न मात्र होइन, काम लगाए अनुसारको तलब पनि उनीहरुले पाएनन ।  उनीहरु श्रम शोषणमा परेँ । उनका अनुसार कम्पनि विरुद्ध बोल्दा नेपालीले नै धमक्याउँथे । ‘कम्पनी विरुद्ध बोल्नेको नाम साहुलाई सुनाउनेहरुले पैसा पाउँदा रहेछन् ।  साहुले जसले कम्पनि र मान्छे ठिक छैन्, भन्छ उसको नाम मलाई भन्नु, म पाँचसय रुपैँया दिन्छु भन्ने रहेछ । अनि केही बोल्यो कि कम्पनिको मालिकले बोलाएर मानसिक यातना दिन सुरु गर्दथ्यो’, उनले सुनाएँ ।

उनका अनुसार कम्पनिका बारेमा बोलेको कुरा नेपालमा आयो भने पनि नेपालका दलालले कम्पनिमा फोन गरेर ‘त्यो मान्छे कम्पनि विरुद्ध बोलेको छ ठिक पार भन्दै उल्टो तनाब दिने गरेको ‘बोलौँ प्रदेशीका लागि’ अभियान चलाउने अभियान्ताले बताएँ । उनीहरु भन्छन् ‘विदेश जानका लागि एउटा म्यानपावरमा डकुमेण्ट पेस गर्दछौँ, भिसा अर्को म्यानपावर कम्पनिबाट निकालिदिन्छन् । सम्झौँता एउटासँग हुन्छ, अर्कोबाट भिसा आउँछ ।

यस्तो अवस्थामा के गर्ने, रोजागरी छैन, युवाहरु म्यानपावरले जे गरे पनि बोल्न सक्दैनन् ।’
टिकाराम अलपत्र परेको कुरा सामाजिक सञ्जाल मार्फत नेपालका दलालको कानमा परेपछि कम्पनिको मालिकले उनलाई बोलाएर उसकै भाषामा लेखेको काजगमा हस्ताक्षर गर्न लगायो । तर उनी त्यसबाट बच्नको लागि नेपालमा उनको उद्धारको लागि घटेका राकेश विरुद्ध बोल्दै भने ‘यहाँबाट गएको राकेशले हो कम्पनि राम्रो छैन भनेको बरु म नेपालमा गएपछि  तेरो कम्पनि राम्रो छ भनेर प्रचार गर्दछु भन्दै त्यो दिन उनी छुटे ।’ उनको उद्धार पनि राकेशले नै गरे ।

त्यसपछि राकेशले आफ्नो उद्धारको काम गर्दै गए । अनि उद्धार गरिएका मध्येबाट एनआरटी ग्रुप निर्माण गरे । जसले मुख्य उदेश्य विदेशमा अलपत्र परेका नेपाली युवाहरुको उद्धार गर्नु थियो । अहिले उनी सहित तीन जना युवा निस्वःभावनाका साथ उद्धारमा लागेका छन् ।
उनले आफू जस्तै ठगिएका तर, नेपाल आउन नसक्ने अवस्थामा रहेका नेपालीको लागि सहयोग गर्न ‘बोलौँ प्रदेशी’को लागि भन्दै नौलो अभियान  चलाएका छन् । उनीहरुले अप्ठ्यारोमा परेका नेपालीलाई समाजिक सञ्जालबाट सम्पर्क गर्ने र उद्धारको लागि पहल गर्दै आएका छन् ।

अहिलेसम्म उनकै पहलमा २० जना  अलपत्र परेका नेपाली युवाको उद्धार भएको छ भने विदेशमा राम्रो काम लगाउँछौ भन्दै दलाल र म्यानपावर कम्पनिबाट ५० भन्दा धेरै युवालाई ठगिनबाट बचाएको उनीहरुले दाबी गरे । उनले यो ‘बोलौँ प्रदेशीका लागि’ भन्ने अभियान सञ्चालन गरेको मात्र ४ महिना  भयो ।

एनआरटी ग्रुपको बैदेशिक रोजगार विभागमा पनि आँखा पुगेकै हुन्छन् । विदेश जाने तयारीमा रहेका युवालाई उनीहरुले आफ्नो अनुभव सुनाउने र उनीहरुले बोकेका कागज पत्र सक्कली हुन् वा नक्कली भनेर हेर्न सिकाउने काम  विना शुल्क गर्दै आएका छन् । विदेशबाट नेपाली अलपत्र परेको खबर आउन बित्तिकै उद्धार कसरी गर्न सकिन्छ भन्ने योजना बनाउन लाग्छन् ।
उद्धार मात्र होइन, म्यानपावरबाट ठगिएका खााडी मुलुकमा पुगेका युवा एक जनालाई बढीमा ३ लाख २० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिलाउन सफल भएको पनि बताए ।  त्यसको लागि उनीहरुले प्रहरीको सहयोग लिने गरेका छन ।
पाण्डेले भने ‘धेरै नेपाली दाजु भाईलाई थाहा छैन, म्यानपाबर विरुद्ध कसरी उजुरी दिने कहाँ जाने ? त्यसमा हामीले साथ दिन्छौँ । ता कि पीडितले न्याय पासोस् ।’

समाजिक सञ्जालबाट उनीहरुले ‘बोलौं प्रदेशीको लागि’ भन्ने अभियान सञ्चालन गरेका हुन । अहिले त्यो निकै प्रभावकारी भएको छ । विदेशबाट अलपत्र परेका नेपालीहरुले दिनहुँ उद्धारमा सहयोग गर्न भन्दै फोन गर्ने गरेको उनीहरुको दाबी गरेँ ।
उनी नेपाल आएपछि बोलौँ प्रदेशीका लागि भन्ने अभियानमै जोडिएका छन् । उनीहरु अहिले यो अभियानमा तीन जना लागेका छन् । उनीहरुको मुख्य उदेश्य वैदेशिक रोजगारीमा जाँदा कुनै पनि नेपाली युवा ठगिन नपरोसे भन्ने हो । उनीहरुले व्यक्तिगत रुपमा गरेको यो काम निकै प्रशंसा योग्य रहेको छ ।

शनिबार, पुस २३, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री




Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.