नौं दलको शक्ति प्रदर्शन


प्रकाशित मिति : पुस २२, २०७३ शुक्रबार

नेकपा एमालेलगायत नौं दलले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनमा नौं दलका नेताहरुले सरकारको आलोचना गर्दै संविशधान संशोधन विद्ययक संसदमा प्रस्तसत गर्न नहुने बताएका छन् ।

सभालाई सम्बोधन गर्दै  दलित जनजाती पार्टीका अध्यक्ष जितेन्द्र पासवान भन्नु भयोः  तराइ हाम्रो हो नेपाल हाम्रो हो २ नम्बर प्रदेश हाम्रो हो । अब राष्ट्र बचाउने अभियान हाम्रो हो । नेता लक्ष्मण राजवंशीले नेताहरुलाई नेपाली जनताको आवाज सुन्न आग्रह गर्नुभएको छ ।

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष शिवलाल थापाले संविधान संशोधनको प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गर्नु भएको छ ।  प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा राजीनामा दिन पनि उहाँले माग गर्नुभएको छ । सरकारको आयू अव धेरै नभएकाले अबको केही दिनमा  कि प्रधानमन्त्रीको राजीनामा आउने वा सरकार आफै ढल्ने उहाँको घोषणा छ ।

भारतले नेपाललाई सिक्किमिकरण वा फिजिकरण गर्न खोजेको उहाँको आशंका छ ।  सदनभित्र र बाहीर लड्न तयार रहेको पनि उहाँको भनाई छ ।

नेपाल परिवार दलको अध्यक्ष एकनाथ ढकालले संशोधन प्रस्ताव राष्ट्र विखण्डनका लागि आएको दाबी गर्दै त्यसको विरोध गरेको बताउनु भएको छ । उहाँले प्रदेश ५ लाई टुक्राउने षडयन्त्र भएको आरोप लगायनु भएको छ । सरकार कानमा तेल हालेर बसेको र  नेपाली यसले जनताको विश्वास गुमाइसकेको उहाँको भनाई छ । सरकारलाई विदेशीको मात्र समर्थन रहेको उहाँले बताउनु भयो । आफूहरु सामथ्र्य र पहिचानसहितको संघियताको पक्षमा रहेको पनि उहाँको दाबी छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के सीले आज ५ नम्बर प्रदेश टुक्राउन दिए भोली अन्य प्रदेश पनि टुक्राउने भएकाले कुनैपनि हालतमा ५ नम्वर प्रदेश टुक्राउन दिन नहुने बताउनु भएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com