राम्रो सेल्फी खिच्ने तरिका


प्रकाशित मिति : पुस २१, २०७३ बिहीबार

कुनै पनि नयाँ स्थान परिवेश या कार्यक्रममा सेल्फी खिच्नु सामान्य भइसकेको छ । मोबाइलबाट सेल्फी लिँदै तुरुन्तै सामाजिक सञ्जालमा पोस्ट गरेर लाइक बढाउने ध्याउन्नमा धेरै हुन्छन् । अहिलेको युवा पुस्तामा यस्तो प्रवृति अत्यधिक पाइन्छ । तर, कतिपय अवस्थामा लिएको सेल्फी आफूले चाहेजस्तो नआउन सक्छ । किन हुन्छ यस्तो ? आफ्नो चाहनाअनुसार राम्रो सेल्फी खिच्न अपनाउनुपर्ने उपायका बारेमा फोटोग्राफर किरातनिज्र्वल मुकारुङका सुझाब यस्ता छन् :

 लाइट
सेल्फीका लागि लाइट महत्वपूर्ण हुन्छ । ब्याकग्राउन्डको लाइट धेरै चम्किलो हुनु हुँदैन । अगाडिबाट आएको लाइट सेल्फी खिच्न तयार भएका सम्पूर्ण व्यक्तिमा आउन जरुरी हुन्छ । सबैलाई सो लाइटले कभर गरेको हुनुपर्छ ।

 एंगल
सेल्फी खिच्दा एंगलमा धेरैको ध्यान जाँदैन । जसले गर्दा सेल्फी लिने व्यक्तिको मुहार बेढंगको देखिन सक्छ । सेल्फी सधैँ हलुका तल या माथिबाट लिँदा तस्बिर उत्तम आउँछ ।

 संख्या
सेल्फी खिच्न कतिजना तयार भएर बसेका छन्, यसले तस्बिरको गुणस्तरमा फरक पार्छ । यदि एक या दुईजनाको मात्र सेल्फी लिन लागिएको छ भने खासै फरक पर्दैन । तर, ५–६ जनाको सेल्फी लिन लागिएको छ भने अनुहार नराम्रो आउन सक्छ । त्यसैले यस्तो अवस्थामा सेल्फी स्टिकको सहयोग लिनुपर्छ ।

 क्वालिटी
आजकल कुनै पनि मोबाइलबाट सेल्फी लिने गरिन्छ । राम्रो क्वालिटीको क्यामेरा भए मात्र फोटो पनि राम्रो आउँछ । हुन त अहिले कम्पनीहरूले सेल्फीलाई नै मध्यनजर गर्दै स्पेसल मोबाइल उत्पादन गर्न लागेका छन् ।

 ट्रिटमेन्ट
अन्य तस्बिरजस्तै सेल्फीलाई पनि सामान्य ट्रिट गरेर सेयर गर्नु राम्रो हुन्छ । अहिले अधिकांश मोबाइलमा नै फोटो ट्रिटमेन्ट फिचर समावेश भएका हुन्छन् । जसले कलर कन्ट्रास आदिलाई अझ राम्रो बनाइदिन्छ । त्यस्तै, सेल्फीमा बिग्रिएको अनुहार बनाइदिने केही एप्सहरू पनि उत्पादन भइसकेका छन् । किरातनिज्र्वल मुकारुङ /मुकारुङ स्टुडियो,  हाँडीगाउँ, काठमाडौं

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com