दुबईबाट आएको करीब ३३ किलो सुन सीआईबीद्वारा बरामद (भिडियोसहित)


प्रकाशित मिति : पुस २१, २०७३ बिहीबार

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको गौशाला नजिकैपर्ने पिंगलास्थानबाट ठूलो परिणाममा अवैध सुन बरामद गरेको छ ।

दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै पिंगलास्थानसम्म पुर्याइएको सुन सिआईबीले सुराकीको आधारमा पक्राउ गरेको हो । सो सुन करीब ३३ किलोको  हाराहारीमा अनुमान गरिएको छ ।

महानगरीय प्रहरी बृत्त गौशालामा सुन खाेलेर हेर्दा प्रहरीले विस्कुट आकारको  सुन २८२ पिस, रेडीमेड औंठी १९  ओटा  र सिक्रि १८ ओटा फेला पारेको छ  ।  सो सुन केहिबेरमै जोखिने बताइएका छ   ।

एसपी मिरा चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ट्याक्सीबाट सो सुन बरामद गरेको हो । प्रहरीले दिलबन्धु थापा र सन्तोष काफ्ले र गोपाल बहादुर शाहीलाई पक्राउ गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com