एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती


प्रकाशित मिति : पुस १८, २०७३ सोमबार

 

विजय थापा ,वाशिंगटन डीसी

दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति )ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको छ l गत दिसेम्बर २६ ,२०१६ तारिख एएनए संचालक समितिको बैठक को निर्णय अनुसार जनवरी ७ तारिख देखि लागु हुने गरि एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको छापा बिज्ञप्तिमा जनाइएको छ l

वर्तमान कार्यकारी समितिको कार्यकाल अवधि आगामी जनवरी ६ तारिखमा समाप्त हुने भएकोले जनवरी ७ तारिख देखि नै लागु हुने गरि एएनए बोर्ड अफ ट्रस्टी निर्णय गरेको छ l र एएनए अन्तरिम कार्यकारी समितिले जनवरी ७ देखि काम अर्को चुनाबको व्यवस्था नहुन्जेल एएनए को बार्षिक सम्मेलन जुलाई ४ तारिख सम्म काम गर्ने जनाएको छ l

एएनए संचालक समिति ले वर्तमान सभापति शम्भु ढुंगाना तथा समितिलाई कुसल नेतृत्व प्रदान गर्न सफल भएकोमा धन्यवाद दिएको छ l एएनए अन्तरिम कार्यकारी समितिले एएनए संचालक समितिको निर्देशन अनुसार काम गर्ने तथा अर्को चुनाब द्वारा नयाँ कार्यकारी समिति गठन नहुन्जेल काम गर्ने जनाएको छ l

हरेक दुई बर्ष को जुन महिनामा निर्वाचन हुने गरेता पनि जनवरी २०१५ मा अदालत द्वारा एएनए संचालक समितिको नियुक्ति भएकोले उक्त कार्यकारी समितिको म्याद आगामी जनवरी ६ ,२०१७ मा समाप्त हुने छापा बिज्ञप्तिमा उल्लेख गरेको छ l

यसै गरि निवर्तमान अध्यक्ष रोजर अधिकारी लाई एएनए संचालक समितिले संचालक समितिको सदस्यमा नियुक्त गरेको छ l उनको समय अवधि जनवरी ७ मा म्याद गुज्रिने हुन्छ भने वर्तमान अध्यक्ष शम्भु ढुंगाना एएनए संचालक समितिमा प्रवेस गर्ने छन l र, उक्त एएनए संचालक समिति ( बोर्ड अफ ट्रस्टी ) सन् २०१५ मा स्थापित भएको हो भने गत बर्ष एएनए एटलान्टा सम्मेलनका साधारण सभाले अनुमोदन गरेको छापा बिज्ञप्तिमा जनाईएको छ l

एएनए अन्तरिम कार्यकारी समितिमा सभापतिमा मेदिनी अधिकारी ,वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,संचार निर्देशकमा तुलसी जोशी ,समिति सदस्यमा विजय श्रेष्ठ तथा राजेन्द्र खतिवडा लाई नियुक्त गरिएको छ l

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com