ढाका टोपी शिरैमा…(फोटोफिचर)


प्रकाशित मिति : पुस १७, २०७३ आईतबार

अाज अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी एकलाई नेपाली युवाले टोपी दिवसको रुपमा मनाउन थालेका छन् । नेपाली युवायुवतीले धुमधामले  अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढ्दै गएका बेला केहि सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त दिनलाई टोपी दिवसका रुपमा मनाउने अभियान थालेका हुन् ।

ती अभियानकर्ताले आज चौथो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइरहेका छन् । उनीहरुले सबैलाई नेपाली ढाका टोपी लगाएर आफ्नो पहिचान जोगाउन आग्रह पनि गरेका छन् ।

यसै अवसरमा जागरुक युवा अभियानका अभियन्ता तथा अन्य सर्वसाधारणले आइतबार विहानै नेपाली ढाका टोपी लगाएर काठमाडौंको माइतीघरमा भेला भए ।

नेपाली युवाले आफ्नो संस्कृति भुलेर विदेशी संस्कृतिको नक्कल गरेको भन्दै उनीहरुले सबैलाई नेपालीपनको सन्देश दिन आफुहरु टोपी लगाएर उपस्थित भएको बताए । ढाका टोपी र दौरा सुरुवाल नेपालको राष्ट्रिय पोशाकको रुपमा चिनिन्छ ।

topi-diwas-dhaka-topi-nepal-1 topi-diwas-dhaka-topi-nepal-2 topi-diwas-dhaka-topi-nepal-3 topi-diwas-dhaka-topi-nepal-4 topi-diwas-dhaka-topi-nepal-5 topi-diwas-dhaka-topi-nepal-6 topi-diwas-dhaka-topi-nepal-7 topi-diwas-dhaka-topi-nepal-8 topi-diwas-dhaka-topi-nepal-9 topi-diwas-dhaka-topi-nepal-10  topi-diwas-dhaka-topi-nepal-12 topi-diwas-dhaka-topi-nepal-13 topi-diwas-dhaka-topi-nepal-14

श्राेत : नयाँ पत्रिका दैनिक

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com