मन कता अल्झियो


प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार

नेपाली सुगम संगीतमा एक दसकदेखि सक्रिय गायिका यसोधाखालिङ राईको ’मेरो मन’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन ।

शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखि नै गायनमा क्रियाशिल थिईन । स्थानियस्तरमा हुने बिभिन्न साँगितिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको अनौपक्षरिक शिक्षा पनि लिएकी थिईन । सन २००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साँगितिक कोशेली स्वरुप “ यसोधा ( १“ बजारमा ल्याएकी उनले संगीत साधक स्व. अंबर गुरुङको हातबाट लोकार्पण गर्दा र उहाको आशिर्बादले थप उर्जा मिलेको बताउँछिन्।

२००६ देखि नै अमेरिका बसोबास गर्दै आउनु भएकी गायिका यसोधा अमेरिका रहदा पनि गायक जगदिश समालतथा नरेन्द्र प्यासीबाट थप संगीत सम्बन्धित ज्ञान लिएकी थिईन । दोश्रो एल्बमयसोधा २ को अन्तिम तयारीमा जुटेकी यसोधा यसै एल्बममा सङ्रहित हुने गीत’मेरो मन’को भिडियो बाट धेरै आशाबादी छिन् । लामो समयदेखी अमेरिकामा बसोबार गर्दै आउनु भएका गायक, संगितकार, तथागीतकारको पनि छबी बनाएकाएन.बि. दाहालको संगीत र गीतकार गीता खत्रीको शब्द रचनामा तयार भएको गीतलाई फनिन्द्र राइले संगीत संयोजन गरेका छन ।

नेपाली कलाकारसँग सम्बन्धित संस्था “आर्टिस्ट नेपाल नेटवर्क“ अन्तर्गतको ’आर्टिस्ट नेपालप्रोडक्सन’को ब्यानरमा निर्माण भएको भिडियोमा मोडेल सम्पदा बानिया र योगेन्द्र राइ प्रस्तुतभएका छन । अमृत सुनुवार तथा टिमको छायाँकन, नन्दा अधिकारीको मेकअप स्टाईल, भुवनलामाको कोरियोग्राफी रहेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन भने संचारकर्मी नव ढुंगेलले निर्देशन गरेका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com