अबको विकल्प सडक आन्दोलनः नेता अन्सारी


प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार

नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले नेकपा एमाले र मधेसी मोर्चाको दोहोरो नौटकीका कारण राजनीतिक गतिरोध अन्त्य हुन नसकेको दाबी गर्नुभएको छ ।

नेता अन्सारीले एमाले र मधेसी मोर्चाको दोहोरो भूमिकाको कारण देश प्रतिगमनतर्फ जान लागेको बताउनु भएको हो ।  एमाले र मधेसी मोर्चा जनताको अधिकार सुनिश्चित गर्नपट्टि नलागी जनतालाई धोको दिएको उहाँको आरोप छ । सबै दलको राजनीतिक सहमतिको आधारमा जनताका अधिकारलाई सुनिश्चत गर्दै अघि बढ्नुको विकल्प नभएको नेता अन्सारीको जिकिर छ ।

पहिलो संविधानसभाको अवसान गराएर दोस्रो निर्वाचन मार्फत केही शक्तिले देशलाई प्रतिगमन तर्फ लान खोजेकाले त्यस विरुद्ध अग्रमनकारी शक्ति एकज्ट हुनु पर्ने उहाँको भनाई छ । अहिलेको राजनीतिक समस्या समाधान नभए जनताको बलबाट देशमा नयाँ राजनीतिक परिवर्तन हुने उहाँको दाबी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com