संविधान संशोधन प्रस्ताव एमालेद्धारा अस्वीकार


प्रकाशित मिति : पुस १३, २०७३ बुधबार

प्रमुख तीन दलबीच स्थानिय तहको निर्वाचन र संविधान संशोधन  लगायतका बिषयमा छलफल भएको छ । निर्वाचनको मिति घोषणा गरेर जाने विषयमा लगभग सहमति बनेपनि संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउने कि संशोधन प्रस्तावलाई थाती राखेर चुनावलाई प्राथमिकता दिने भन्ने विषयमा भने कुनै टुंगो लाग्न सकेन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीचको बैठकमा शीर्ष नेताहरुबीच चुनाव र संविधान संशोधनको विषयमा  छलफल भएको हो ।

कांग्रेसले संशोधन प्रस्तावलाई थाती राखेर चुनावमा जानुपर्ने धाराणा राख्दा माओवादी चुनाव र संशोधन प्रस्तावलाई सँगसँगै लैजनु पर्ने पक्षमा उभियो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनैपनि हालतमा संशोधन प्रस्ताव पार्टीले स्वीकार गर्न नसक्ने अडान दोहोर्यो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीले निर्वाचन, संशोधन प्रस्ताव र महाभियोगको प्रस्तावलाई सँगसँगै लैजाने प्रस्ताव गरेको बैठकपछि एमाले नेता भीम रावलले बताए ।

यद्यपी सो प्रस्ताव आफूहरुले अस्वीकार गरेको भन्दै रावलले पहिला चुनावको मिति घोषणा गर्ने र अरु विषयमा छलफल गर्दै जानुपर्ने विषयमा आफूहरुले बैठकमा कुरा राखेको सुनाए । यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन मिति घोषणा गर्ने सहमतितिर वार्ता अघि बढ्दै गएको भन्दै यही हप्ताभित्र मिति घोषणा हुने दाबी गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com