सशस्त्रका पूर्वआईजीपी ३० लाखमा छुटे


प्रकाशित मिति : पुस १२, २०७३ मंगलबार

आफूले गैरकानुनी रुपमा लाभ लिई सरकारलाई हानी पुर्याएको आरोपको मुद्दमा माग गरेबमोजिमको ३० लाख रुपैयाँ धरौटी राखेर सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक वासुदेव ओली सोमबार थुनामुक्त हुनुभएको आजको नेपाल समाचारपत्रमा खबर छ ।

विशेष अदालतका सदस्यहरु भूपेन्द्रप्रसाद राई, नरेन्द्रकुमार शिवाकोटी र प्रभा बस्नेतको इजलासले ओलीसँग तीस लाख रुपैयाँ नगद वा जेथा लिई थुनामुक्त गर्न र नदिएमा थुनामा पठाउन उल्लेख गरिएको थियो ।

पूर्वमहानिरीक्षक ओलीबाट १ करोड १४ लाख ५४ हजार ४९ रुपैयाँ ५० पैसा भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com