नेपालकै कमाइमा ६ वटा होटेल

‘नेपाली समाजमा २/४ लाख कमाएपछि जग्गा किन्ने, घर किन्ने बानी छ, तर मैले कमाएको सबै पैसा थप उत्पादन मूलक कामका लागि होटेलमै लगानी गरेँ’ उनले भने ‘आज १० हजार कमाएँ भने भोली २० हजार लगानी कसरी गर्ने होला भनेर सोँच बनाउँछु ।’

भरत पाण्डेय/काठमाडौं

जनयुद्धको उत्कर्षमा पुगेको बेला, गाउँमा कहिले माओवादीको कार्यक्रममा जानुपर्ने कहिले सुरक्षाकर्मीको डरले भाग्नुपर्ने तनावले हैरानी थिए,गाउँका युवा। गाउँका यूवाजतियुद्धमा जानुपर्ने हल्ला चलेपछि पढ्दै गरेकारुपाकोट गाविस ३ का शंकर भण्डारीलाई बाबुआमाले शहर पठाए ।

शहरमा सामान्य कुरा बुझेपछि उनी आफै व्यवसाय गर्ने चाहना राखे तर ऋण माग्दा कसैले दिएनन् । अनि गाउँमा मान्छेहरुको विदेश जाने लहर, शंकरका बुबाले पनि छोरालाई विदेश पठाउने भनेर एकलाख ऋण खोजे । त्यही एक लाख रुपैयाँले काठमाडौंमा होटेल सुरु गरेका भण्डारी अहिले काठमाडाैमा ठूला–ठूला ६ होटेलका मालिक भईसके ।  गाउँ छाड्दा उनी २०/२२ वर्षका तन्नेरी थिए ।जनयुद्धमा लागेकालाई सुरक्षाकर्मीले पक्डेर लैजाने, त्यसैले उनी युद्ध भन्नवित्तिकै डराएर भागेँ । ‘जनयुद्धमा गएर  के हुन्छ र भन्ने निक्र्यौल गर्न सकिन,घरबाट पनि दबाव आयो अनिआफन्तको सहयोगमा कैलाली पुगेँ’ उनले भने ।

उनले कैलालीमा उच्च शिक्षाको अध्ययनसंगै आफन्तको होटलमा सघाएँ । त्यो बेलादेखि उनको मनमा भविष्यमा कुशल व्यवसायी बन्ने सोचपलायो । उनले भने ‘होटेलको काममा सघाउँदा सघाउँदै होटल सञ्चालनका लागि आवश्यक पर्ने धेरै अनुभव संगालेँ ।’२०६०/०६१ तिर काठमाडौं पुगेरपार्टनरसिपमा होटल सुरु गरेका भण्डारीले आफूमा भएको क्षमता पार्टनरसिपमा लागू गर्न नसकेको महसुस गरेपछि एक्लैले व्यवसाय सुरु गरेको बताएँ । २०६४ वैशाख २७ गते बागदरबारमा होटल प्रेसिडेण्ट दर्ता गरेर सुरु भएको उनको व्यावसायी निकै राम्रो हुँदै गयो ।

अहिले काठमाडौंको सुन्धारामा ४ वटा होटल, बुद्धजन्मस्थल लुम्बिनिमा एउटा, काठमाडौं नयाँ बसपार्कमा एउटा गरी ६ वटा होटल र सुन्धारमा आधुनिक सेकुवा कर्नर शंकरकै नाममा छ । उनी यहाँसम्म आउनको लागि धेरै अप्ठ्यारा पार गुर्न पर्यो । ‘नेपाली समाजमा २/४ लाख कमाएपछि जग्गा किन्ने, घर किन्ने बानी छ, तर मैले कमाएको सबै पैसा थप उत्पादनमूलक कामका लागि होटलमै लगानी गरेँ’ उनले भने ‘आज १० हजार कमाएँ भने भोली २० हजार लगानी कसरी गर्नेहोला भनेर सोँच बनाउँछु ।’ उनको सुन्धारामा होटल प्रेसिडेण्ट र द प्रेसिडेण्ट,भ्यू रोड शो संगै गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा प्रेसिडेण्ट होटल छ । तीनवर्षदेखि सुन्धारा क्षेत्रमै स्तरीय सेकुवा कर्नर सुरु गरेका उनलेगतवर्षदेखि छैठौँ शाखाको रुपमा काठमाडौंको बालाजु क्षेत्रमा नयाँ होटल सुरु गरेका छन् ।

एकसय बढीलाई रोजगारी
उनले आफ्नो व्यवसाय मात्र होईन पर्यटन र उपेक्षामा परेको क्षेत्रको विकासका लागि पनि सोँचेर काम गरेको दावी गर्छन । सुन्धारा क्षेत्रमा धेरै आन्तरिक पाहुनालाई सेवा दिएका उनले पर्यटनलाई टेवा दिन लुम्बिनि र उपेक्षामा परको क्षेत्रको विकासका लागि गोँगबुमा पनि होटल खोलेको बताए । ‘लुम्बिनीमा पर्यटन विकासको लागि भनेर होटेल खोलेँ, त्यसपछि गोंगवु बसपार्कमा पनि स्तरीय होटल छैन/चाहिँदैन भन्ने जुन मानसिकता छ, त्यो मानसिकता अन्त्य गर्न बसपार्क क्षेत्रमा स्तरीय होटल आवस्यक छ र हुनुपर्छ भनेर सुरु गरेको हुँ’ उनले भने ।
उनले आफ्ना सबै व्यवसायमा  एक सय जना भन्दा बढीलाई नेपालमै प्रत्यक्ष रोजगारी दिएका छन् भने पचास भन्दा बढीले आंशिक काम पाएका छन् । विदेशमा काम गरेर दक्षता हाँसिल गरेकालाई आफ्नै देशमा रोजगारी दिएकोमा उनी सन्तुष्ट छन् । ‘विदेशमा काम गरेर दक्षता हाँसिल गरेका कर्मचारीहरु कांशी भण्डारी, समिर लामा, चेतन लामिछाने लगायतको एउटा समूहलाई रोगजारी दिएकोमा खुसी छु’ उनले भने  ‘उहाँहरु पनि खुसीभएर  काम गर्नु भएको छ ।’

लगानीको वातावरण
नौ वर्षको आफ्नै लगानी र मेहनतमा सफल व्यवसायी बनेकाशंकर भण्डारी नेपालको परिवेश र अर्थनीति व्यवसायीका लागि प्रतिकुल भएको बताउँछन् । ‘राज्यले व्यवसायीलाई न्यूनतम सेवा/सुविधा  पनि उपलब्ध गराएको छैन भन्दा हुन्छ’ उनी भन्छन् ‘२४ घण्टामा १८ घण्टा लोडसेडिङ्ग, पानीको समस्या त्यहीपनि कहिले पानी ट्याँकरहरुको आन्दोलन, कहिले मजदुर हड्ताल कसरी फैलिन्छ व्यवसाय?’ उनले अगाडि थपे ‘आन्दोलन नै आन्दोलनको मारमा होटल व्यवसाय परेको अवस्थामा पनि हामीले आफ्नो व्यवसायलाई कसरी जोगाई राख्ने भन्ने समस्या भएको छ ।’ राज्यले आधारभूत सुविधा नदिएको तर, बढी कर उठाउने मात्र कुरामा सरकारको ध्यान रहेको उनको आरोप छ ।

कामदारको अभाव
अरु व्यवसाय भन्दा होटल व्यवसायमा बढी दुःख भएको उनको अनुभव छ । पाहुना भएर आउनेहरु जस्तो सुकै आएपनि निकै जोखिम मोलेर व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । त्यसमाथि राज्यको सुरक्षाकर्मीको पनि तनाव सहनुपर्ने उनले सुनाएँ ।  ‘साधु, सन्त, महन्त, गुण्डा, चोर, डाँका सबै किसिमका मान्छेहरु आउँछन्, उपत्यकामा कुनै घटना घट्यो भने रातको १२/१/२ बजेपछि चेकिङ्ग गर्नुपर्नेभन्दै पुलिसले होटल खोल्न आउँछ,’ उनले भने ‘सबैको फेस गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ ।’ सबै क्षेत्रमा नकारात्मक कुराहरु पनि छन् । पुलिसले छापा हानेर दुःख दिने, चोर, फटाहा, अपराधीहरु पनि पहिला चिनिदैनन् तर, लुक्न ज्यान जोगाउन होटलमै आउने, अझ कतिसम्म भने  आत्महत्या गर्नेहरु पनि होटलमै पुग्ने अवस्था पनि छ ।

मजदुर पाईदैन, पानीको अभाव, बन्द, हड्ताल, आन्दोलन पनि यहि क्षेत्रमा बढी छ, तर यी सबै नकारात्मक कुराहरुलाई पनि सकारात्मक तरीकाले सोँचेर आँट र साहस गरीयोभने सफल हुन सकिन्छ भन्ने उनको बुझाई छ ।  ‘त्यहि नकारात्मक कुराहरुलाई मैले सकारात्मक तरीकाले सोँचेर फेस गरेँ र अहिले यहाँसम्म आएको छु’ उनले भने ‘भोली चुनौति कसरी सामना गर्ने र बढीभन्दा बढी नेपालीलाई यहिँ नै रोजगारी कसरी दिने भन्ने कुरा मेरो पहिलो प्राथमिकतामा छ ।’  अहिलेको महँगीको कारणले पनि होटलमा समस्या भएको उनको भनाई छ । त्यसमाथियूवाजति विदेश लागेर कामदार अभाव र विदेश जाने लहरमा काम सिक्ने वित्तिकै यूवाहरु हिँड्दा समस्या छ । म्यानपावरमा पासपोर्ट बुझाएर जागिर खोज्न आउने यूवाहरुका कारण समस्या भएको उनको अनुभव छ । ‘पहिला त १/२ वर्ष गर्छु भन्दै आउँछन्, अनि जब काम सिक्छन् तब मेरो त भिसा आयो भनेर हिँडिहाल्छन्’ उनले भने  ‘होटेलका कामदार त नेपालमा रेल्वे स्टेशनमा झोला समाएर उभिएको यात्रु जस्तै छन्,एकैछिन उभिरहने, रेल आयो कि टाप ।’

होटेलको सुत्र
व्यवसाय भनेको पैसा कमाउने भएपनि होटेलमा बोलिचाली र पारिवारिक वातावरण महत्वपूर्ण हुने उनको अनुभव छ । बोली व्यवहार राम्रो नभएमा कोही ग्राहकले विकल्प खोजीहाल्ने उनको भनाई छ । ‘हाम्रो व्यवसाय सेवाग्राहीलाई खुवाउने, बास बसाउने गरेर खुसी बनाएर बल्ल अन्त्यमा पैसा लिने हो, होटल क्षेत्रको सुत्र नै यहि हो’ उनले भने ‘मैले यसैभित्र रहेर सफा, सुग्घर राखेर सेविा सुविधा दिएर ग्राहकलाई एकदम खुसी बनामएर, मिजासिलो ब्यवाहार गरेकोले मेरो होटेलहरु ग्राहकको रोजाईमा परेका हुन् ।’ त्यसै अनुसार उनले सेवा विस्तार गर्दै गए । तर, व्यवसायमा सफल हुने प्रमुख र महत्वपूर्ण कुरा त मेहनेत नै हो उनको बुझाईमा ।  क्षमता, रुचि, सक्षमता अनुसार क्षेत्र चयन गरेर व्यवसाय शुरु गर्नुप-यो । ‘मैले अहिलेपनि आफै काम गर्छु’ उनले भने ‘म काममा आफै कस्सिएको देखेर मेरा कर्मचारी साथिहरु पनि उत्साही भएर काम गर्नुहुन्छ ।’

युवालाई स्वरोजगार
अहिले अध्ययनमा तगडा यूवाहरु यूरोप अमेरीका जान्छन् । ताकत भएका तर शिक्षा नभएकाहरु खाडी मुलुक । शान्ती प्रकृयाले गति लिएको अवस्थामा देशमा यूवाहरुले काम गरेर उन्नती गर्नुपर्नेमा बुढाबुढी र काम गर्न नसक्ने मात्र देखिएको प्रति उनलाई साह्रै दुःखेसो छ । ‘यो अवस्थामा जोस जाँगर भएका यूवाहरु यहीँ आफ्नै माटोमा रमाउनुपर्छ’ उनले भने ‘अहिले त यूवाहरुलाई विदेश पठाउने र रेमिट्यान्समा राजनीतिक दलहरु रमाईरहने चलनको अन्त्य हुनुपर्छ ।’ धेरैभन्दा धेरै यूवाहरु आफूजस्तै स्वरोजगार बनुन् भन्ने चाहाना राख्ने भण्डारी त्यसको लागि आफ्नो तर्फबाट गर्न सक्ने सहयोगका लागि म तत्पर रहेको बताउँछन् ।  ‘यसका लागि जुनसुकै व्यवसाय गर्न चाहना भएपनि पहिला आफ्नो सिप, क्षमता र रुचिअनुसारको व्यवसाय रोज्नुस’ उनी सल्लाह दिन्छन् ‘यदि होटल व्यवसाय नै गर्न चाहनुहुन्छ भनेपनि आउनुहोस, म तपाईँलाई म जस्तो बनाउन चाहन्छु ।’

परिवार र सफलता
व्यवसायमा सफल हुनका लागि परीवारको सहयोग अतुलनिय हुनुपर्छ । दैनिक सल्लाह हुनुपर्छ । ‘मैले विजनेस सुरु गरेदेखि नै भाई कृष्णले सघाए, श्रीमति लक्कीको पनि प्रत्यक्ष सहयोग छ, भाईबुहारी देविले पनि हाम्रो म्यानेजमेण्ट तहमा सघाउँछिन्’ उनले भने ‘हरेक थप कुरा गर्दा कसरी गर्ने कसरी सफल हुने भनेर हामी सल्लाह गर्छौँ, हामीले यसरी मिलेर व्यवस्थापन गरेका छौँ ।’

आइतवार, पुस १०, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.
error: Content is protected !!