९२ जना बोकेको रूसी सैनिक विमान दुर्घटना भएकाे पुष्टि


प्रकाशित मिति : पुस १०, २०७३ आईतबार

९२ जना यात्रा गरिरहेको रूसी सेना विमान आइतबार दुर्घटनामा परेको छ ।  विमान सोची नजिकको ‘ब्ल्याक सी’ मा दुर्घटना भएको रूसको रक्षा मन्त्रालयले जनाएको छ ।  रक्षा मन्त्रालयका अनुसार तु–१५४ विमानमा कामदार, सेनाका पदाधिकारी र केही पत्रकार थिए । सोचीको राडरबाट विमान २० मिनेट मै सम्पर्क बिहीन भएको थियो । मस्कोबाट उडेको विमान इन्धन हाल्नका लागि सोचीको विमानस्थलमा अवतरण गरिएको थियो । र, त्यहाँबाट आफ्नो गन्तव्यतर्फ उडेको हो । दुर्घटनाबाट विमानमा सवार यात्रुहरूको अवस्थाबारे भने जानकारी आइसकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com