गायक प्रितमको ‘रोसी खोला’


प्रकाशित मिति : पुस ९, २०७३ शनिबार

 

गायक प्रितम  लामाको नयाँ तामाङ सेलो गीत रोसी खोदा भिडियो सेयरिङ साइट युट्युब मार्फत सार्वजनिक भएको छ । बिजय तामाङको शब्द रहेको गीतमा संगीत बुद्ध स्याङ्बाले दिएका छन् । गीतको संगीत संयोजन समेत स्याङ्बाले नै गरेका छन् ।

सागर लामाद्धारा निर्देशित भिडियोको छायाङ्कन रेशम दर्लामीले गरेका हुन् भने भिडियो एडिटिङ प्रदीप दाहाले गरेका छन् ।  भिडियोमा सुबासका अतिरिक्त रोहनीलाई देख्न सकिन्छ ।

रोशी खोला र वरपरका रमणीय दृश्यहरु माझ खिचिएको भिडियो र मौलिक प्रकृतिको संगीतले दर्शकहरुले नेपाली मौलिक स्वाद पाउने छन् । रोसी खोला लामो समय संगीत साधनामा बिताएका गायक लामाको पछिल्लो तामाङ सेलो गीत हामे  रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com