टर्कीका लागि रुसी राजदूतको अंकारामा हत्या, डरलाग्दो भिडियो सार्वजनिक


प्रकाशित मिति : पुस ५, २०७३ मंगलबार

टर्कीका लागि रुसका राजदूतको अकंरामा कला प्रदर्शनीस्थलमा गोली हानि हत्या गरिएको छ । भगवान महान छन्, अलेप्पोलाई नबिर्स, सिरियालाई नबिर्स भनेर चिच्याउँदै बन्दुकधारीले रुसी राजदूतलाई गोली हानेको थियो ।

टाइसुटमा रहेको बन्दुकधारी २२ बर्षको ड्युटी समयमा नरहेको टर्कीको प्रहरी अधिकारी रहेको जनाइएको छ । उसले राजदूत आन्द्रे कार्लोभलाई कम्तीमा ८ गोली प्रहार गरेको थियो । आक्रमणकारीलाई अन्य सुरक्षा अधिकारीले गोली हानेर मारिदिएका छन् । आक्रमणकारीले राजदूतलाई गोली हानेको डरलाग्दो भिडियो समेत सार्वजनिक भएको छ ।

आक्रमणकारीले राजदूतलाई गोली हानिसकेपछि अल्लाह अकबर भन्दै चिच्चाएको थियो । सम्सााझै बोल्नेक्रममा राजदूतको गोलीहानि हत्या गरिएपछि अंकारा तनावग्रस्त भएको छ ।

राजदूतको हत्यापछि राजदूतकी पत्नी बेहोस भएकी थिइन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

गोली हान्दै गरेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

कार्लोभले सन् १९७६ देखि आफ्नो कुटनीतिक यात्रा सुरु गरेका थिए ।

अमेरिकाले अंकारामा राजदूतमाथि भएको हमलाको निन्दा गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com