अमेरिकी राष्ट्रपतिमा ट्रम्प औपचारिक रुपमा चयन


प्रकाशित मिति : पुस ५, २०७३ मंगलबार

इलेक्टोरल कलेजले औपचारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई चयन गरेको छ । सोमबार इलेक्टरहरुले राष्ट्रपतिका लागि औपचारिक मतदान गरेका हुन् । उनीहरुले आफूले प्रतिबद्धता जनाएका उम्मेदवारहरुलाई मतदान गरेका हुन् ।

टेक्सासका प्रतिनिधीले मतदान गरेपछि ट्रम्पलाई विजयी हुन आवश्यक पर्ने २७० मत प्राप्त भएको थियो । औपचारिक मतगणना भने आगामी जनवरी ६ मा गरिने छ ।

गत नोभेम्बरमा मतदान केन्द्रमा पुगेर मतदान गर्नेहरुले राष्ट्रपतिका लागि हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पलाई मतदान गरेको सोंचेपनि वास्तविक रुपमा उनीहरुले हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पका इलेक्टरहरुलाई मतदान गरेका थिए ।

इलेक्टरहरुले मतदान गरेपछि जनवरी ६ मा राष्ट्रपति पदका विजयी उम्मेदवारको औपचारिक घोषणा गरिनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com